८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४० चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत

नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा
अ+ अ-

काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा थप १ लाख १६ हजार १११ रुपैयाँ सहयोग गरेको छ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि संघले दोस्रो चरणमा उक्त रकम सहयोग गरेको हो ।

यसअघि संघले पहिलो चरणमा ५ लाख ११ हजार २३८ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । संघका महासचिव अर्जुन लुइँटेलका अनुसार विपद्को समयमा सदस्यहरूबाट स्वस्फूर्त रूपमा संकलित रकममध्ये पहिलो चरणको सहयोगपछि थप रकम पनि संकलन गरी कोषमा जम्मा गरिएको हो । उनले राहत तथा सहयोग अभियानलाई निरन्तरता दिइने बताए ।

संघका अध्यक्ष कृष्ण शर्माले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना स्थानीय सदस्यहरूलाई उद्धार तथा राहतमा प्रत्यक्ष रूपमा सहभागी हुन आग्रह गरिएको बताए । उनका अनुसार सदस्यहरू स्थानीयस्तरमा उद्धार तथा राहत टोलीसँग समन्वय गरी सहयोगमा जुटिरहेका छन् ।

चीनको तिब्बत क्षेत्रबाट भदौ १० गते आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ नेपालमा कृषि यन्त्र तथा प्रविधि व्यवसायमा संलग्न व्यवसायीहरूको छाता संगठन हो।