८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल

विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग

विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग
अ+ अ-
काठमाडाैँ । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले सरकारको सुशासनको दाबीमाथि प्रश्न उठाउँदै भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन र भोटेकोशी बाढीपीडितलाई प्रभावकारी राहत उपलब्ध गराउन माग गर्नुभएको छ।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विष्टले कारागार र निकुञ्ज प्रशासनमा भइरहेको भनिएको आर्थिक लेनदेनको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो। उहाँले कारागार विभागका कैदीसँग प्रतिव्यक्ति एक करोड रुपैयाँसम्म र निकुञ्जका वार्डेनको सरुवामा २५ लाख रुपैयाँसम्म घुस लेनदेन भएको सार्वजनिक अडियो–भिडियो प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो।

उहाँले यस्ता घटनाले सुशासनको नारा दिने सरकारको दाबीमाथि प्रश्न उठाएको भन्दै घटनाका मुख्य योजनाकारमाथि कडा कारबाही गर्नुपर्ने बताउनुभयो।

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका क्रममा भएको विदेश भ्रमणबारे पनि सांसद विष्टले प्रश्न उठाउनुभयो। प्रधानमन्त्री राष्ट्रको प्रतिनिधित्व गर्न विदेश जाने भएकाले कूटनीतिक भेटघाट र प्रभावकारी संवादलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।

उहाँले भन्नुभयो, “प्रधानमन्त्री राष्ट्रको गौरवको प्रतिनिधित्व गर्न जानुभएको हो, कुनै ब्रान्डको प्रचार गर्न होइन। कूटनीतिक भेटघाट र प्रभावकारी संवादको साटो सस्तो प्रचारबाजीमा लाग्नु दुःखद् छ।”

सांसद विष्टले भोटेकोशी बाढीपीडितका लागि राहत वितरणमा भइरहेको ढिलाइप्रति पनि असन्तुष्टि जनाउनुभयो। सरकारले १५ अर्ब रुपैयाँ राहत संकलन गरेको दाबी गरे पनि हालसम्म करिब एक अर्ब रुपैयाँ मात्र परिचालन भएको भन्दै उहाँले पीडितको घाउमा मलम लगाउने गरी राहत तथा पुनःस्थापनाको काम अघि बढाउन माग गर्नुभयो।