काठमाडाैँ । ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङका अनुसार आगलागीबाट दोभान बजारका सात घरमा पूर्ण क्षति पुगेको हो। आगलागीका कारण घर तथा घरभित्र रहेका सामानसमेत जलेर नष्ट भएका छन्।
आगलागीबाट भएको मानवीय क्षति तथा अन्य भौतिक क्षतिको विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ। आगलागीको कारण प्रारम्भिक रूपमा विद्युत् सर्ट भएको बताइएको छ।








