८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल

सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’

सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’
अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद सोनम गेल्जेन शेर्पाले जलवायु परिवर्तनका कारण नेपालका हिमाल तथा बस्तीमा बढ्दै गएको संकट सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शेर्पाले विपद् व्यवस्थापनमा सरकारी संयन्त्रको कार्यशैली प्रभावकारी हुन नसकेको भन्दै आमूल सुधारको आवश्यकता औँल्याउनुभयो । उहाँले सरकारी अधिकारीहरूको विदेश भ्रमणका लागि तत्काल तयारी हुने तर विपद्पीडितका लागि राहत तथा अध्ययन प्रतिवेदन तयार गर्न महिनौँ लाग्ने अवस्थाप्रति प्रश्न उठाउनुभयो ।

सांसद शेर्पाले जलवायु परिवर्तनले सिर्जना गरेका नयाँ चुनौती सम्बोधन गर्न विगतमा प्रयोग हुँदै आएका अनुसन्धानका विधि पर्याप्त नभएको बताउनुभयो । हिमनदीको गतिशीलता र त्यसबाट उत्पन्न हुन सक्ने विनाशकारी जोखिमलाई ध्यानमा राखेर नयाँ ढंगबाट अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका विषय उठाउँदा पर्याप्त गृहकार्य हुन नसकेको भन्दै उहाँले जलवायुका मुद्दालाई विकास परियोजनामा मात्र सीमित नगरी बाढी, पहिरो र स्थानीय समुदायले भोगिरहेका वास्तविक समस्यासँग जोड्नुपर्ने बताउनुभयो ।

थामे र रसुवामा आएको बाढीपछि सरकारी प्रतिवेदन तयार गर्न छ महिनाभन्दा बढी समय लागेको उदाहरण दिँदै उहाँले सरकारी संयन्त्रको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो, ‘विदेश भ्रमणका लागि २४ घण्टाभित्र सुटकेस तयार हुने, तर आफ्नै देशका पीडितका लागि रिपोर्ट बनाउन ६ महिना लाग्ने? यो कस्तो प्रणाली हो?’

सांसद शेर्पाले विपद्पछि राहत वितरणको प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन नगद राहतको नीति अवलम्बन गर्न सरकारलाई सुझाव दिनुभयो । सामग्री खरिद गरी वितरण गर्दा भ्रष्टाचारको जोखिम बढ्ने र कतिपय अवस्थामा राहत सामग्री फोहोरको डम्पिङ साइटजस्तो बन्ने अवस्था देखिएको भन्दै उहाँले स्थानीय तथा प्रदेश सरकारलाई विश्वासमा लिएर पीडितको हातमै नगद पुर्‍याउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।