८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने

इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने
अ+ अ-

काठमाडाैँ । काठमाडौंमा मनाइने प्रमुख पर्व इन्द्रजात्राका सम्पूर्ण गतिविधि अब मोबाइल एपमार्फत जानकारी लिन सकिने भएको छ। काठमाडौं महानगरपालिका र गल्ली म्यापको सहकार्यमा इन्द्रजात्राका गतिविधि, रथयात्राको मार्ग तथा ट्राफिक अवस्थाबारे मोबाइलबाटै जानकारी लिन सकिने व्यवस्था गरिएको हो।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गल्ली म्यापमार्फत इन्द्रजात्राका विभिन्न गतिविधिबारे सहजै जानकारी लिन सकिने बताउनुभयो। उहाँका अनुसार इन्द्रजात्रामा ३१ वटा परम्परागत गुठीसहित विभिन्न क्लब, संघ–संस्था तथा सांस्कृतिक समूहको सहभागिता रहने भएकाले जात्राका गतिविधि काठमाडौंका विभिन्न स्थानमा सञ्चालन हुन्छन्।

इन्द्रजात्राका क्रममा श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्राका साथै लाखे, पुलुकिसी, श्वेतभैरव, दश अवतारलगायत विभिन्न सांस्कृतिक गतिविधि तथा नाच प्रदर्शन हुने गरेका छन्। ती गतिविधि कुन स्थानमा र कुन समयमा सञ्चालन भइरहेका छन् भन्ने जानकारी गल्ली म्यापमार्फत लिन सकिने महानगरले जनाएको छ।

नयाँ सुविधामार्फत प्रयोगकर्ताले आफू नजिक भइरहेका जात्राका गतिविधि, आफूले हेर्न चाहेको कार्यक्रम तथा विभिन्न सांस्कृतिक गतिविधिको स्थानबारे जानकारी प्राप्त गर्न सक्नेछन्। साथै, जात्राका कारण प्रभावित हुने ट्राफिक अवस्थासमेत म्यापमा समावेश गरिएको छ।

कुन मार्गमा रथयात्रा भइरहेको छ, कुन सडक प्रभावित छ, कहाँ ट्राफिक जाम हुन सक्ने सम्भावना छ र त्यसको विकल्पमा कुन मार्ग प्रयोग गर्न सकिन्छ भन्ने जानकारीसमेत एपमार्फत लिन सकिनेछ। जात्रा अवलोकनका क्रममा आवश्यक पर्ने पानी तथा शौचालयको स्थानबारे जानकारीसमेत म्यापमा राखिएको महानगरले जनाएको छ।

कार्यवाहक प्रमुख डंगोलले विगत तीन वर्षदेखि महानगरपालिकाले इन्द्रजात्राका लागि गल्ली म्यापसँग सहकार्य गर्दै आएको बताउनुभयो। उहाँले इन्द्रजात्रा रथयात्रामा मात्र सीमित नभई विभिन्न स्थानमा सञ्चालन हुने सांस्कृतिक गतिविधि समेटिएको ठूलो पर्व भएकाले प्रविधिको प्रयोगबाट दर्शकलाई गतिविधिको जानकारी लिन सहज हुने बताउनुभयो।

सीमित समय भएका दर्शकले समेत आफ्नो रुचि र उपलब्ध समयअनुसार विभिन्न गतिविधि छनोट गरी अवलोकन गर्न सक्ने उहाँको भनाइ छ। अब लाखे, पुलुकिसी वा अन्य सांस्कृतिक गतिविधि कहाँ पुगे भन्ने जानकारी लिन सम्बन्धित व्यक्तिलाई फोन गरिरहनुपर्ने अवस्था हट्ने उहाँले बताउनुभयो।

यसैबीच, गल्ली म्यापका सहसंस्थापक रामविक्रम महर्जनले तयार पारिएको नयाँ मोबाइल एप कार्यवाहक प्रमुख डंगोललाई हस्तान्तरण गर्नुभएको छ। सो अवसरमा उहाँले एपमा समावेश गरिएका सुविधा र प्रयोग गर्ने तरिकाबारे जानकारीसमेत गराउनुभएको थियो।