८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग

दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड

दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड
अ+ अ-

काठमाडाैँ । सरकारले दलित समुदायको अधिकार तथा विकाससम्बन्धी विधेयक छिट्टै संघीय संसदमा लैजाने तयारी गरेको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीवार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिसँग विधेयकको मस्यौदामाथि छलफल गरेको हो।

सिंहदरबारमा बसेको समितिको बैठकमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अर्थ, कानून तथा गृह मन्त्रालयसँग समेत छलफल गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत विधेयकलाई मन्त्रिपरिषद्मा पेस गरिनेछ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संघीय संसदमा विधेयक दर्ता गर्ने प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो।

सचिव राउतले दलित समुदायका संवैधानिक अधिकार सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याउन लागिएको बताउनुभयो। प्रस्तावित विधेयकमा संघ, प्रदेश र स्थानीय तहबाट दलित समुदायका हक तथा अधिकार सुनिश्चित गर्नुका साथै राज्यका विभिन्न निकायमा उनीहरूको सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरिएको उहाँको भनाइ थियो।

उहाँले विधेयकको मस्यौदा तयार गर्दा दलित अधिकारसँग सम्बन्धित विज्ञ तथा सरोकारवाला निकायसँग छलफल गरिएको र समितिबाट प्राप्त सुझावलाई समेत समेटेर अघि बढ्ने बताउनुभयो।

बैठकमा नेकपा एमालेकी सांसद सम्झना देवकोटाले जातीय विभेदले कुनै एउटा समुदायलाई मात्र नभई समग्र समाज र राज्यलाई असर गरिरहेको बताउनुभयो। दलित तथा उत्पीडित समुदायको हक र अधिकार अझै पूर्ण रूपमा सुनिश्चित हुन नसकेको भन्दै उहाँले विधेयकको नामबाट ‘दलित’ शब्द हटाएर वर्गविहीन र जातविहीन समाज निर्माणको दिशामा कानून बनाउनुपर्ने धारणा राख्नुभयो।

उहाँले अन्तरजातीय विवाह बढ्दै गएको अवस्थामा दलित र गैरदलितबीचको विभेदले समाजका अन्य समुदायलाई समेत असर पारिरहेको बताउनुभयो।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सांसद भूवनबहादुर सुनारले दलित अधिकारसम्बन्धी कानून निर्माणमा ढिलाइ भइरहेको भन्दै तत्काल विधेयक संसदमा दर्ता गर्न सरकारसँग आग्रह गर्नुभयो। सम्भव भए चालु अधिवेशनमै विधेयक संसदमा दर्ता गर्नुपर्ने उहाँको भनाइ थियो।

बैठकमा सहभागी अधिकांश सांसदहरूले समाजमा विद्यमान जातीय तथा सामाजिक विभेद अन्त्य गर्दै दलित समुदायको अधिकार सुनिश्चित हुनेगरी प्रभावकारी कानून निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।