२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल

भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल
अ अ+ अ-

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भारी वर्षासँगै बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम रहेकाले यातायात व्यवसायी, चालक, सहचालक, कर्मचारी तथा यात्रुलाई सजग र संयमित रहन अपिल गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) तथा सम्बन्धित निकायबाट जारी पूर्वसूचनाअनुसार असोज ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले यातायात क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिनुभयो।

अध्यक्ष सिटौलाले विशेषगरी पहिरोको जोखिम रहेका सडक, नदी तथा खोलानजिकका क्षेत्र र कमजोर सडकखण्डमा अनावश्यक यात्रा नगर्न आग्रह गर्नुभएको छ। रातिको समयमा लामो दूरीको यात्रा सकेसम्म स्थगित गर्न तथा यात्रा गर्नैपर्ने अवस्था भएमा मौसम र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र सुरक्षित यात्रा गर्न उहाँले अनुरोध गर्नुभएको छ।

“सवारी साधन चलाउनु मात्र हाम्रो जिम्मेवारी होइन, यात्रुको जीवन सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु हाम्रो पहिलो कर्तव्य हो,” अध्यक्ष सिटौलाले जारी गर्नुभएको अपिलमा भनिएको छ।

उहाँले सम्भावित जोखिमलाई सामान्य रूपमा नलिई पूर्वसावधानीलाई प्राथमिकता दिन तथा सम्बन्धित निकाय, यातायात व्यवसायी र श्रमिकलाई आ–आफ्नो क्षेत्रमा आवश्यक पूर्वतयारीसहित उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

“सुरक्षित यात्रा नै हाम्रो साझा जिम्मेवारी हो। सावधानी अपनाऔँ, जीवन बचाऔँ,” अध्यक्ष सिटौलाले अपिलमा उल्लेख गर्नुभएको छ।