८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार
अ+ अ-

काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा सरकारले आपत्कालीन स्वास्थ्य सेवा विस्तार गरेको छ ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा करिब ८ हजार ७ सय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।

बाढीपछि सडक सम्पर्क विच्छेद भएका तथा दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत औषधि र स्वास्थ्य उपकरण ढुवानी गरिएको उहाँले बताउनुभयो । बाढीका कारण प्रभावित जिल्लाका चारवटा स्वास्थ्य संस्था पूर्ण रूपमा क्षतिग्रस्त भएको र अन्य स्वास्थ्य संस्थामा आंशिक क्षति पुगेको मन्त्री मेहताले जानकारी दिनुभयो । क्षतिग्रस्त क्षेत्रमा वैकल्पिक संरचना तथा टेन्टमार्फत स्वास्थ्य सेवा सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री मेहताका अनुसार अहिले ३४ वटा आकस्मिक चिकित्सा टोलीमार्फत करिब १५० स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा परिचालन भएका छन् । गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको छ । प्रसूति तथा बाल अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले प्रभावित क्षेत्रमा पुगेर मातृ तथा नवजात शिशुको स्वास्थ्य परीक्षण गरिरहेको उहाँले बताउनुभयो ।

दीर्घरोगीको उपचारमा अवरोध नहोस् भनेर नसर्ने रोगका औषधि निःशुल्क वितरण गरिएको छ । नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा रहेका बिरामीको नियमित स्वास्थ्य अनुगमन भइरहेको तथा क्षयरोग र एचआईभी संक्रमितको उपचारलाई निरन्तरता दिन औषधिको आपूर्ति सहज बनाइएको मन्त्रालयले जनाएको छ ।

मिर्गौला रोगीको डायलाइसिस सेवा प्रभावित हुन नदिन वैकल्पिक अस्पतालसँग समन्वय गरी सेवा व्यवस्थापन गरिएको मन्त्री मेहताले बताउनुभयो ।

त्यस्तै, बाढी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने समस्या सम्बोधन गर्न ९० जना मनोसामाजिक परामर्शदाता परिचालन गरिएको छ । हालसम्म करिब १२ हजार ९६९ पटक परामर्श सेवा प्रदान गरिएको र २४ घण्टा सञ्चालनमा रहेको ११६६ हेल्पलाइनमार्फत समेत सेवा दिइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्री मेहताले बाढी प्रभावित क्षेत्रमा महामारी फैलन नदिन तथा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालय पूर्ण रूपमा सचेत रहेको बताउनुभयो ।