२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ

चियाले व्यापार चिह्न त पायो, कार्यान्वयनमा समस्या

चियाले व्यापार चिह्न त पायो, कार्यान्वयनमा समस्या
अ अ+ अ-

इलाम । दुई हप्ताअघि यहाँस्थित सूर्योदय नगरपालिकामा तामझामका साथ यहाँका चिया उद्योगलाई चियाको व्यापार चिह्न (ट्रेडमार्क) प्रदान गरियो । तीन वर्षअघि सरकारले जारी गरेको अर्थोडक्स चियाको ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालय’ नामक व्यापार चिह्न प्रदान गरिएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालमार्फत प्रदान गरिएको सोही लोगो पाउँदा उद्योगी हर्षित थिए । व्यापार चिह्न (ट्रेडमार्क) जारी हुन भने लामो समय लाग्यो । जारी भएको तीन वर्षपछि ट्रेडमार्क पाउनु एक किसिमले उपलब्धि त हो तर अब ट्रेडमार्कको कार्यान्वयन पक्ष भने झनै जटिल देखिन्छ । 

उद्योगीले ट्रेडमार्क पाएपछि अब अन्तर्राष्ट्रिय बजारमा ट्रेडमार्क लगाएर चिया पठाउँदा समस्या छैन । तर विदेशमा नेपाली चियाको ब्राण्ड चिनाउनकै लागि चाहीँ सम्बन्धित मुलुकमा दर्ता गरेर स्वीकृति पाएपछि मात्र कार्यान्वयनमा आउँछ । जुन प्रक्रिया निकै झन्झटिलो देखिन्छ । 

नेपालले भारत, अमेरिका र युरोपियन युनियन ९ईयू० मा दर्ताका लागि पठाएको दुई वर्ष बित्तिसक्दासमेत प्रतिक्रिया आएको छैन । नेपालबाट ठूलो परिमाणमा चिया जाने देशबाटै स्वीकृति नआउँदा लोगो कार्यान्वयन सहज नभएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईको भनाइ छ । “जुन जुन देशमा चिया जान्छ ती देशमा लोगोको बारेमा जानकारी गराउनुपर्छ”, महासचिव राईले भन्नुभयो,“कार्यान्वयन अत्यन्तै गाह्रो हुन्छ । वकिलहरूमार्फत समन्वय गरेर दर्ता गर्नुपर्छ, सहज छैन ।” 

राईका अनुसार अहिले उद्योगले लोगो लगाएर पठाए पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली ट्रेडमार्कको बारेमा खासै जानकारी छैन । चियाको लोगोको जानकारी गराउन सोही देशमा दर्ता गर्ने र स्वीकृति लिएपछि पठाउने प्रक्रिया छ । यसैले अन्तर्राष्ट्रिय बजारमा जानकारी गराउन प्रवद्र्धनका कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ छ । 

चियाको ट्रेडमार्क कार्यान्वयन गराउनका लागि उद्योगले सर्वप्रथम सरकारबाट ट्रेडमार्क पाउनु पर्छ । निश्चित प्रक्रिया पुगेपछि मात्र उद्योगले लोगो पाउँछन् । लामो र झन्झटिलो प्रक्रिया भएकाले धेरै उद्योगले लोगो नपाउने र कार्यान्वयन हुने सम्भावना कम रहेको महासचिव राईको भनाइ छ । “विशेषगरी अर्गानिक उद्योगका लागि ट्रेडमार्क लिन सहज हुन्छ” महासचिव राईले भन्नुभयो,“अधिकांश उद्योग अर्गानिक नभएकाले लोगो पाउने सम्भावना पनि कम हुन्छ ।” 

ट्रेडमार्क लिन अर्गानिक उद्योग अर्गानिक त हुनु पर्दैन तर प्रक्रिया चाहिँ ट्रेडमार्क र अर्गानिक सर्टिफिकेटको उस्तै–उस्तै छ । लामो प्रयत्नमा पनि अर्गानिक नबनेका उद्योगका लागि त ट्रेडमार्क लिन अझै समस्या छ । यसले गर्दा नेपाली ब्राण्ड चिनाउने ट्रेडमार्कसहितको चिया अन्तर्राष्ट्रिय बजारमा पूरै पुग्न लामो समय लाग्ने देखिन्छ ।  

सरकारले नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४ निर्माण गरेर नै कार्यान्वयन प्रक्रिया थालेको हो । तर अहिलेसम्म विदेशमा लोगो दर्ता गर्ने र उद्योगीलाई लोगो दिने बाहेक अन्य काम भएको छैन । 

यसले पनि लोगो कार्यान्वयन सहज नभएको हिमालयन अर्थोडक्स टि प्रोड्युसर्स एसोसियसनका पूर्वअध्यक्ष एवं चिया उद्योगी उदय चापागाईंको भनाइ छ । “सरकारको भूमिका एकदमै बढी चाहिन्छ । यो तरिकाले ट्रेडमार्क कार्यान्वयन हुँदैन” चापागाईंले भन्नुभयो,“सरकारले चाहेको भए अहिलेसम्ममै लोगोको स्वीकृति भइसक्नु पथ्र्यो तर कुनै देशबाट छैन ।” 

चापागाईंले सरकारले विदेशी राजदूतावासमार्फत् सम्बन्धित देशमा चियाको ट्रेडमार्कको जानकारी दिएर तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुहुन्छ । “लोगो निर्माणका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण थियो । अब सरकारले पहल÷कदमी गर्नुपर्छ ।” ट्रेडमार्क लिनका उद्योगले धेरै मेहनत गर्नुपर्ने देखिन्छ । निर्देशिकामा चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशककै संयोजकत्वमा मार्क अनुगमन, व्यवस्थापन तथा नियमन समिति गठन भएको छ । चिया उद्योगीको संस्था हिमालयन अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन (होट्पा)ले ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ लेखिएको ट्रेडमार्क तयार गरेर बोर्डमा पेश गरेको थियो । 

समितिले तयार पारेको शत्प्रतिशत मापदण्ड पूरा भएमा मात्र उद्योगले ट्रेडमार्क पाउँछन् । चियाको ट्रेडमार्क पाउन उद्योगीले सर्वप्रथम बोर्डमा निवेदन गर्नुपर्छ भने बोर्डले आवश्यकतानुसार स्थलगत अवलोकनपश्चात ट्रेडमार्क दिन्छ । बोर्डको निर्देशिकाबमोजिम चियाको लागो लिए पनि मापदण्ड उल्लङ्घन भए लोगो खोसिनसमेत सक्छ ।

निर्देशिकाविपरीत उद्योगले काम गरे पहिले विक्रेतालाई सचेत गराउने, त्यसपछि पनि नसुध्रिएमा मार्क प्रयोग भएको चिया बेच्न नदिने, विक्री भएको रकमको १० प्रतिशतसम्म जरिवाना गर्न सक्ने वा निश्चित अवधि खुलाइ एक वर्षसम्म सदस्यता प्रयोग गर्न नदिने र भविष्यमा समेत सदस्य हुन नदिनेसम्मका प्रावधान निर्देशिकामा छन् । 

यस्ता प्रावधान भएकाले उद्योगले ट्रेडमार्क पाउन समेत सकस देखिन्छ । “गुणस्तरीय चिया हुनुपर्छ । लोगो पाउन असहज छैन”, नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीले भन्नुभयो,“राज्यको आँखा यतापट्टी नगएकाले सकस छ, चासो भए कार्यान्वयन सहज हुन्छ ।” 

नेपाली चिया ९अर्थोडक्स० गुणस्तरीय भए पनि अन्तर्राष्ट्रिय बजारमा गुमनाम रहेको सरोकारवालाको गुनासो छ । ट्रेडमार्कपछि अन्तर्राष्ट्रिय बजारमा चिनिने आशा छ । अन्तर्राष्ट्रिय क्षेत्रमा ट्रेडमार्क दर्ता गराए पनि स्वीकृति नभएको चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनाल स्वीकार्नु हुन्छ । 

खनालका अनुसार ट्रेडमार्क दर्ता गराएकामध्ये भारत र अमेरिका ट्रेडमार्कप्रति सकरात्मक प्रतिक्रिया दिएका छन् । यी मुलुकबाट तत्काल स्वीकृत हुने सम्भावना बढी छ तर युरोपियन युनियन मा भने केही सकस रहेको खनालको भनाइ छ । 

त्यहाँ नेपाली चियाको बारेमा कम जानकारी भएकाले ट्रेडमार्क स्वीकृति हुन लामो समय लाग्न सक्ने खनालले बताउनुभयो । “अन्य देशमा पनि ट्रेडमार्क दर्ता गराउने प्रक्रियामा छौँ, केही समयमै हुन्छ” खनालले भन्नुभयो । पहिलो चरणमा नेपालका ४१ उद्योगमध्ये १२ उद्योगले लोगो पाएका छन् । 

पहिलो चरणमा बोर्डले इलामका सन्दफू टी प्रोसेसर प्रालि, हिमालयन साङ्ग्रिला टी प्रोडुसर प्रालि, जस्वीरे टी प्रशोधन उद्योग, गोर्खा टी स्टेट प्रालि, नेपाल ग्रीन टी एण्ड स्पेस्यालिटी, ओइसिस टी एण्ड इन्डस्ट्री, तारागाउँ टी स्टेल प्रालि, खाजेखुङ्ग हिलरेन्च चिया प्रशोधन उद्योग, उच्च पहाडी चिया उत्पादक, चिया सहरकारी संस्था गरी नौ उद्योगलाई ट्रेडमार्क प्रदान गरिएको हो । 

त्यसैगरी संखुवासभाको सगरमाथा टी स्टेट प्रालि र तेह्रथुको बोक्रेडाँडा अग्र्यानिक अर्थोडक्स चिया प्रशोधन उद्योग र सिंहदेवी चिया उत्पादक सहकारी संस्थालाई टे«डमार्क प्रदान गरिएको हो । प्रक्रिया गरेका उद्योगलाई निरन्तर ट्रेडमार्क दिँदै जाने बोर्डले जनाएको छ । 

लामो प्रयत्नपछि सरकारले उद्योगलाई चियाको ट्रेडमार्क दिन थालेपनि त्यो ट्रेडमार्क अर्थोडक्स चियाको मात्र हो । नेपालमा प्रशोधनमार्फत् मुख्य दुई प्रकारका चिया तयार हुन्छ  अर्थोडक्स र सीटीसी (क्रस टियर कर्ल) । 

अर्थोडक्स चियाले ट्रेडमार्क पाए पनि सीटीसी चियाका लागि भने अहिलेसम्म ट्रेडमार्क सम्बन्धी कार्यविधिसमेत बनेको छैन । सीटीसीको ट्रेडमार्कका लागि पनि बोर्डमा छलफलको काम शुरु भएको बोर्डका प्रवक्ता दीपक खनालको भनाइ छ । “सीटीसीलाई कसरी दिने छलफल हुँदैछ । उद्योगीहरूसँग पनि सल्लाह गर्छौैँ” खनालले भन्नुभयो,“यही (नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४) लाई मान्यता दिँदा पनि धेरै कुरा संशोधन गर्नुपर्छ । शुरुमै अर्थोडक्स लेखेको छ ।” 

खनालका अनुसार दुई प्रकारका चियाको मापदण्ड समेत फरक पर्ने भएकाले छुट्टै निर्देशिका तयार गर्नुपर्ने देखिएको छ । 

नेपालमा अर्थोडक्सकोभन्दा सीटीसी चिया बढी उत्पादन हुने र निकासी हुने भए पनि सरोकारवाला निकायको चासो खासै नगएको देखिन्छ । गएको वर्ष मात्र चिया तथा कफी विकास बोर्डको तथ्याङ्क (आर्थिक वर्ष २०१८/१९मा) मा मात्र एक करोड, ९१ लाख, आठ हजार किलो चिया उत्पादन भएको देखिन्छ भने अर्थोडक्स ६० लाख ९७ हजार आठ सय ५८ किलो उत्पादन भएको तथ्याङ्कमा उल्लेख छ ।