५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि सोम निरौलाको सिसिफसको लोकार्पण सम्पन्न



अ+ अ-

इलामका कवि सोम निरौलाको कवितासङ्ग्रहको विमोचन भएको छ । प्रविधिमार्फत् कार्यक्रम आयोजना गरी कवि सोम निरौलाको नवप्रकाशित कृति सिसिफसको विमोचन गरिएको हो । कोकगोष्ठी, प्रतिभा निकुञ्ज र छन्द(चौतारी तीन संस्थाको सहकार्यमा आयोजित ९७ औँ कोकगोष्ठीको अवसरमा यस कृतिको लोकार्पण गरिएको हो । ४९ ओटा छन्द-कविताहरू समेटिएको यस कविताको विमोचन कार्यक्रमको अध्यक्षता कोकगोष्ठीका अध्यक्ष छन्दसारथि एवं आधुनिक आशुकवि रमेश खकुरेलले गर्नुभएको थियो कोकगोष्ठीका संरक्षक प्रा।डा। माधवप्रसाद पोखरेल, कवि भुवनहरि सिग्देल, कवि कोषराज न्यौपाने, कवि प्रह्लाद पोखरेल, प्रतिभा निकुञ्जका अध्यक्ष होम सुवेदी लगायत कविहरूको उपस्थिति रहेको थियो । सर्वप्रथम उपस्थित सबैका हातबाट पुस्तकको लोकार्पण भएपछि कवितासङ्ग्रहको समीक्षात्मक टिप्पणी झापाका साहित्यकार होम सुवेदीले प्रस्तुत गर्नुभएको थियो । 

कवि प्रह्लाद पोखरेल सञ्चालक रहेको उक्त कार्यक्रममा कवि भुवनहरि सिग्देल, कवि कोषराज न्यौपाने, प्राध्यापक डा. माधवप्रसाद पोखरेल लगायतले आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कविताभित्र सूक्तिमयता रहेको, र छन्द-कवितामा बिम्बको प्रयोग हुँदैन भन्नेहरूका लागि सिसिफस एउटा दरिलो जवाफ भएको धारणा प्रायः वक्ताहरूले प्रस्तुत गरेका थिए । सामाजिक सञ्जालको प्रयोगमार्फत् छन्द कविता प्रशिक्षण गरिरहेको प्रतिभा निकुञ्जको पञ्चम वर्ष प्रवेशको अवसरमा पनि केही कविता वाचन भएका थिए भने नवप्रकाशित कृति सिसिफसभित्रबाट पनि पाँचवटा जति कविता वाचन भएका थिए । चर्चित युवाकवि मनोज भन्डारी, गायिका निरा रानाभाट, कवयित्री भवानी खतिवडा एवं पुष्कल किरणले सिसिफसभित्रका कविता वाचन गरेका थिए भने खोलाघरे साहिँलो, जगदीश्वर पोखरेल, दुष्यन्त भट्टराई, डा. खगेन्द्रप्रसाद दाहाललगायत कविहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए । अन्त्यमा कवयित्री भवानी खतिवडाको कवितात्मक टिप्पणी कार्यक्रमको आकर्षण बनेको थियो ।

गणित विषयका अध्यापक सोम निरौला छन्दमा कविता लेख्ने समकालीन कविहरूमध्ये उत्कृष्ट कवि हुन् । सामाजिक सञ्जालमा छन्द(चौतारीनामक समूह सञ्चालन गरी नेपाली छन्द कविताको जागरणमा सक्रियता देखाइरहेका सोम निरौलाको यो पहिलो कृति हो भने निकट भविष्यमा नै अरु कृतिको प्रकाशन गर्ने तयारीमा रहेको पनि उनले जानकारी दिएका थिए ।