१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित

‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित
अ अ+ अ-

काठमाडौँ, १३ असोज : महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ को दोस्रो संस्करणको आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । यो पुस्तक द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय (त्रिवि) लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा प्रकाशन गरिएको हो ।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा डा दुबीनन्द ढकाल, सिनासका कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्की, लैङ्गिक अध्ययन विभागकी प्रमुख जमुना शिवाकोटी, द स्टोरी किचेनका अध्यक्ष डा जया लुईंटेललगायतले सो पुस्तकको संयुक्त रूपमा विमोचन गर्नुभएको थियो ।

पच्चीस लेखकका आलेख समावेश सो पुस्तकमा नेपालका महिलाको अनुभव, सङ्घर्ष तथा राजनीतिक सामाजिक आन्दोलनमा उनीहरूले पुर्‍याएको योगदान समेटिएको छ । सो कार्यक्रममा त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्राडा ढकालले समाजमा बाहिर नल्याइएका धेरै विषयवस्तु सो पुस्तकमा समेटिएको उल्लेख गर्नुभयो ।

सिनासका कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले सन्धान र पुस्तकको बाहिरी पृष्ठमा औँठाछापको प्रयोग गर्नुको अर्थ पहिल्याउँदै यस पुस्तकले हरेक महिलाको आफ्नै पहिचान प्रदान गरेको धारणा राख्नुभयो । त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा डा कुन्दन अर्यालले यस पुस्तकले नेपाली समाजभित्रका वैकल्पिक विषयको राम्ररी पहिचान र उठान गरेको स्पष्ट गर्नुभयो ।

समाजशास्त्री डा मीना पौडेल, अधिवक्ता कुन्जनी परियार, महिला मानवअधिकारकर्मी श्यामकुमारी साह र जेनजी अभियन्ता मोनिको निरौलाले पुस्तकले सामाजिक विविधताभित्रका विविध सवाल समेटेको बताउनुभयो । त्रिवि लैङ्गिक अध्ययन केन्द्रीय विभागका प्रमुख जमुना शिवाकोटी, द स्टोरी किचेनका अध्यक्ष डा जया लुईंटेल, कार्यकारी सदस्य निर्मला ज्ञवालीले पनि सो पुस्तक र यसको प्रकाशन प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।रासस