१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित

‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित
अ अ+ अ-

काठमाडौँ, १३ असोज : महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ को दोस्रो संस्करणको आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । यो पुस्तक द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय (त्रिवि) लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा प्रकाशन गरिएको हो ।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा डा दुबीनन्द ढकाल, सिनासका कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्की, लैङ्गिक अध्ययन विभागकी प्रमुख जमुना शिवाकोटी, द स्टोरी किचेनका अध्यक्ष डा जया लुईंटेललगायतले सो पुस्तकको संयुक्त रूपमा विमोचन गर्नुभएको थियो ।

पच्चीस लेखकका आलेख समावेश सो पुस्तकमा नेपालका महिलाको अनुभव, सङ्घर्ष तथा राजनीतिक सामाजिक आन्दोलनमा उनीहरूले पुर्‍याएको योगदान समेटिएको छ । सो कार्यक्रममा त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्राडा ढकालले समाजमा बाहिर नल्याइएका धेरै विषयवस्तु सो पुस्तकमा समेटिएको उल्लेख गर्नुभयो ।

सिनासका कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले सन्धान र पुस्तकको बाहिरी पृष्ठमा औँठाछापको प्रयोग गर्नुको अर्थ पहिल्याउँदै यस पुस्तकले हरेक महिलाको आफ्नै पहिचान प्रदान गरेको धारणा राख्नुभयो । त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा डा कुन्दन अर्यालले यस पुस्तकले नेपाली समाजभित्रका वैकल्पिक विषयको राम्ररी पहिचान र उठान गरेको स्पष्ट गर्नुभयो ।

समाजशास्त्री डा मीना पौडेल, अधिवक्ता कुन्जनी परियार, महिला मानवअधिकारकर्मी श्यामकुमारी साह र जेनजी अभियन्ता मोनिको निरौलाले पुस्तकले सामाजिक विविधताभित्रका विविध सवाल समेटेको बताउनुभयो । त्रिवि लैङ्गिक अध्ययन केन्द्रीय विभागका प्रमुख जमुना शिवाकोटी, द स्टोरी किचेनका अध्यक्ष डा जया लुईंटेल, कार्यकारी सदस्य निर्मला ज्ञवालीले पनि सो पुस्तक र यसको प्रकाशन प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।रासस