१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

नाला सफाइ गरी पानीको निकास खुलाइयो

नाला सफाइ गरी पानीको निकास खुलाइयो
अ अ+ अ-

पर्सा। वीरगञ्ज महानगरपालिकाका तीन वटा वडामा चार वर्षदेखि निकास हुन नसकेको नालालाई निकास दिइएको छ ।

महानगरले लामो समयदेखि नाला अवरुद्ध हुने समस्या रहेकामा नाला निर्माण तथा सफाइ गरेपछि पानीको सहज निकासको व्यवस्था गरिएको हो ।

वीरगञ्ज-१७, २५ र २६ मा चार वर्षदेखि वर्षाको समयमा नाला अवरुद्ध हुने समस्या रहँदै आएको थियो । पानी निकास नहुँदा वर्षायाममा वडा नं १७, २५ र २६ अन्तर्गत अलाैँ, सिर्सिया, सुगौलीलगायत आसपासका बस्ती डुबानमा पर्दै आएपछि महानगरका प्रमुख राजेशमान सिंहको पहलमा सफाइको काम अघि बढाइएको हो ।

यसअघि नालाका कारण सडक डुबानमा परेपछि आवतजावत प्रभावित हुनुका साथै खेतीयोग्य जमिनमा समेत असर पर्ने गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले बताउनुभयो । समस्या समाधानका लागि वीरगञ्ज महानगरको टोली स्थलगत रूपमा खटिनुका साथै निकास क्षेत्रको निरीक्षण गर्दै पानीको बहावमा रहेका अवरोध हटाउने काम अघि बढाएको थियो ।

पानी जम्ने समस्याका कारण आवागमन प्रभावित हुनुका साथै बस्तीमा लामखुट्टेको जोखिम बढ्ने, दुर्गन्ध फैलिने तथा विभिन्न स्वास्थ्य समस्या निम्तिने गरेको थियो । महानगरले पानीको नियमित निकास भएपछि बस्ती तथा खेतीयोग्य जमिनमा हुने डुबान कम हुने जनाएको छ । रासस