१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई

‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई
अ अ+ अ-

काठमाडौँ। ठमेल पर्यटन विकास परिषद्द्वारा आयोजित ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटी क्लबले हात पारेको छ ।

४७औँ विश्व पर्यटन दिवसको अवसरमा परिषद्ले असोज ७ गतेदेखि आयोजना गरेको उक्त प्रतियोगिताको आज भएको फाइनल खेलमा जोरपाटी क्लबले ठमेल-११ क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगिता जितेसँगै जोरपाटी क्लबले नगद रु दुई लाख, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै, दोस्रो टोली ठमेल-११ ले रु एक लाख नगद, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा ठमेल-११ का प्रकाश रानामगर उत्कृष्ट खेलाडी, जोरपाटीका धर्मेन्द्र लामा उत्कृष्ट गोलकिपर, जोरपाटीका विपीन शाही उत्कृष्ट रक्षक, जोरपाटीकै नितिन लामा उत्कृष्ट गोलकर्ता, ठमेल-११ का दीपक लामा म्यान अफ द म्याच र जोरपाटी क्लब ‘फेयर’ खेल्ने टिम बनेको छ । प्रशिक्षक प्रवीनराज वन्तका अनुसार विधागत विजेताले जनही रु पाँच हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा ठमेल पर्यटन परिषद्का अध्यक्ष राजुमान डङ्गोलले खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्नका लागि परिषद्ले दोस्रो संस्करणको ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिता आयोजना गरेको जानकारी दिएका छन् । यस प्रतियोगिताले ठमेलभित्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने अध्यक्ष डङ्गोलको भनाइ छ ।  रासस