२० भाद्र २०८३, शनिबार
,
Latest
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमसँग घरेलु मैदानमै सिटीले खायो चार गोल



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लज्जास्पद हार बेहोरेको छ ।

गएराति भएको खेलमा सिटी टोटेनहमसँग आफ्नै घरेलुु मैदानमा ४-० गोलले पराजित भएको हो ।

यता, टोटेनहमलाई फराकिलो जित दिलाउन जेम्स म्याडिसनले दुई तथा पेड्रो पोरो र ब्रेनान जोनसोनले एक-एक गोल गरे ।

खेलको १३ औं मिनेटमा म्याडिसनको गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिएको थियो । २० औं मिनेटमा म्याडिसनले नै गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।

त्यसपछि ५२ औं मिनेटमा पेड्रोले र खेल सकिनै लाग्दा इन्जुरी समयमा जोनसोनले गोल गर्दै टोटेनहमलाई सानदार जित दिलाए ।

यो नतिजापछि सिटी १२ खेलबाट २३ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । टोटेनहम १९ अङ्कका साथ छैटौं स्थानमा छ ।