१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता

गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने

गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने
अ अ+ अ-

काठमाडौं । ललितपुरको गोदावरीमा पर्यटन प्रवर्द्धन तथा बाढीपहिरो प्रभावित परिवारको सहयोगार्थ यही असोज २३ र २४ गते दुईदिने महोत्सव हुँदैछ ।

आयोजक संस्था ‘क्रमशः इन्टरटेन्मेन्ट’ का प्रमुख सन्दीप महर्जनका अनुसार गोदावरीको पर्यटकीय सम्भावनालाई उजागर गर्दै स्थानीय कला, संस्कृति, खानपान तथा उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक एवं सांस्कृतिक प्रस्तुति रहनेछ । गोदावरीमा उत्पादित कृषि उपज, स्थानीय हस्तकला, मौलिक खानाका परिकार तथा अन्य स्थानीय उत्पादनका विभिन्न स्टलहरूसमेत महोत्सवमा राखिने छन् । महोत्सवबाट सङ्कलन हुने रकम भोटेकोशी बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई मनोरञ्जनसँगै सामाजिक सहयोगको अभियानका रूपमा अघि बढाउन लागिएको महर्जनको भनाइ छ । गोदावरी नगरपालिका–३ का वडाध्यक्ष राज घिमिरेले महोत्सवले गोदावरीको पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँले पर्यटन प्रवर्द्धनसँगै विपद् प्रभावित परिवारलाई सहयोग गर्ने सामाजिक अभियानका रूपमा महोत्सवलाई अगाडि बढाइनु सकारात्मक