१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता

अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई
अ अ+ अ-

काठमाडौं । सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’ यस वर्ष मूर्धन्य सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बासकोटालाई प्रदान गरिएको छ ।

दार्जिलिङको मिरिकस्थितलभ एन्ड सपोर्ट फाउन्डेसन तथा अम्बर गुरुङ सालिक निर्माण संरक्षण समितिद्वारा बासकोटालाई भारतीय रुपैयाँ ५१ हजार १११ नगद र ताम्रपत्रसहित सो पुरस्कार प्रदान गरेको हो ।

मिरिकमा आइतबार आयोजित कार्यक्रमा संस्थाका अध्यक्ष कैलाश राई, सचिव डी. केगिरी, प्रमुख अतिथि गोविन्द सिंह क्षेत्री तथा संस्थापक अध्यक्ष मनोज राइलगायतले बासकोटालाई सो पुरस्कार सहित सम्मानगर्नुभएको सो संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

साथै नयाँ पुस्तामाझ अम्बर गुरुङका कालजयी धुन तथा सिर्जनालाई स्मरण र संरक्षण गर्ने उद्देश्यले साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको र सो कार्यक्रममा सङ्गीतकार तथा गीतकार बास्कोटालाई सम्मान गरिएको थियो ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रा स्रष्टा–सर्जकलाई सम्मान गर्नु केवल एउटा कार्यक्रम होइन, उहाँहरूको सिर्जनायात्राप्रति हाम्रो कृतज्ञता र नेपाली कला संस्कृतिप्रतिको सम्मान पनिहो । यस्ता कार्यक्रमहरु एवं मान सम्मानले नेपालीकला र संस्कृतिलाई आगामी पुस्तामाझ पनि सुपरिचित गराउँदै लैजानेछ ।”

सन् १९७१ मा सङ्गीत निर्देशक तथा गायकका रूपमा व्यावसायिक साङ्गीतिक यात्रा सुरु गर्नुभएका बासकोटाले नेपाली सङ्गीत, चलचित्र, टेलिभिजन तथा सांस्कृतिक क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि योगदान पु¥याउँदै आउनुभएको छ । उहाँले ३६४ भन्दा बढी नेपालीचलचित्रमा सङ्गीत निर्देशन तथा दुई हजारभन्दा बढी गीतमा सङ्गीत सिर्जनागर्नु भएको छ ।