१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट

सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभामा मुलुकका विभिन्न भागमा भएका बाढीपहिरोका घटना, प्रभावित क्षेत्रमा भइरहेका खोज, उद्धार, राहत, सडकको क्षति तथा खाना पकाउने ग्यास अभाव र पूर्वप्रधान न्यायाधीशलाई प्रहरी नियन्त्रणमा लिइएको विषय प्राथमिकताका साथ उठाइएको छ ।

उक्त सभाको आजकोे बैठकको शून्य समयमा भाग लिने सांसदहरुले पछिल्लो अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोबाट जनजीवन प्रभावित भएको जनाउँदै विपद्मा परेका नागरिकलाई समयमै उद्धार, राहत र सहयोग पुर्याउन सरकारको ध्यानार्कषण गराउनुभयो ।

सभाका सदस्य घनश्याम रिजाल र विष्णुदेवी पुडासैनीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरी नियन्त्रणमा लिनुपर्ने कारणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद रुक्मिणि कोइरालाले आगामी चाडपर्वलाई ध्यानमा राखेर आमनागरिकको सडक यात्रालाई सुरक्षित र व्यवस्थित तुल्याउन भत्किएका सडकको मर्मत सम्भारमा ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विष्णुबहादुर विश्वकर्माले खाना पकाउने ग्यासको अभावबारे सरकारको ध्यानाकर्षण गराउँदै दैलेखको जलजलेमा ग्यास उत्खनन र उत्पादन गर्ने कार्यमा सरकारको परिणामुखी पहलको माग गर्नुभयो ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्रता दिन माग गर्नुभयो । सांसद सावित्री मल्लले बाढीपहिरो प्रभावितलाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न तथा क्षतिग्रस्त मुख्य राजमार्ग तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग गर्नुभयो । –