काठमाडौं । पछिल्लो अविरल वर्षका कारण जिल्लाका विभिन्न भागमा सञ्चालनमा रोक लगाइएको सवारी आवागमन आजदेखि खुला गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले आइतबार एक सूचना जारी गर्दै मौसममा क्रमिक सुधार हुँदै गएकाले आज बिहान ६ बजेदेखि सवारी आवागमन खुला जानकारी दिनुभयो ।
सडकको जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै सवारीचालक तथा यात्रुलाई सतर्क र सुरक्षित भई यात्रा गर्नसमेत सूचनामा आग्रह गरिएको छ । जिल्लाका विभिन्न नदी तथा खोलाको पानीको बहावको अवस्था अहिले क्रमशः सामान्य र सहज बन्दै गएको छ ।








