१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता

बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
अ अ+ अ-

बागलुङ । अविरल वर्षासँगै आएको पहिरोमा परी बागलुङका विभिन्न स्थानमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

असोज १० र ११ गते परेको अविरल वर्षाका कारण तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकालगायतका क्षेत्रमा पहिरो जाँदा घर पुरिएर उनीहरूको मृत्यु भएको हो ।

तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ६५ वर्षीया उदिसरा विक र ५० वर्षीय हस्तवीर विकको मृत्यु भएको छ । सोही घटनामा ५२ वर्षीया पुनसरा विक बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

यस्तै, तमानखोला गाउँपालिका–३ धनारकुकमा पहिरोमा परी ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–६ सेलवाङका ५० वर्षीय सूर्यबहादुर घर्तीको पनि पहिरोमा परी मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका–३ कन्केखरियामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, १३ वर्षीय मनोज विक, ८ वर्षीय मुकेश विक र ३ वर्षीय निशान विक रहेका छन् ।

यसैगरी, ताराखोला गाउँपालिका–५ धरममरका ५९ वर्षीय मनबहादुर रोक्काको पनि पहिरोमा परी मृत्यु भएको छ ।

अविरल वर्षासँगै आएको पहिरोका कारण जिल्लाका विभिन्न स्थानमा घर तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ । प्रभावित क्षेत्रमा विभिन्न निकायसँगको समन्वयमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण संकलन तथा अनुसन्धान भइरहेको छ।