१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न
अ अ+ अ-
काठमाडाैँ । चुनौतीपूर्ण मौसमका बीच नेवा: गुठी भिक्टोरियाको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही मेलबर्न २०२६ शनिबार अस्ट्रेलियाको मेलबर्नस्थित अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी), डिगर्स रेस्टमा सम्पन्न भएको छ।

नेवा: समुदाय, नेपाली–अस्ट्रेलियाली समुदाय तथा नेपाली कला, संस्कृति र परम्पराप्रति आस्था राख्ने सर्वसाधारणको उल्लेखनीय सहभागितामा जात्रा सम्पन्न भएको हो।

जात्राका क्रममा गणेश पूजा, नासाः द्यः पूजा, कुमारी पूजा, रथ पूजा, कुमारी रथारोहण, श्वेत भैरव पूजा तथा इन्द्र पूजालगायत धार्मिक तथा सांस्कृतिक अनुष्ठान सम्पन्न गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षण कुमारी रथको शोभायात्रा तथा रथ तान्ने कार्यक्रम रहेको थियो।

सो अवसरमा लाखे, पुलुकिसी, झ्यालिन्चा, धिमे तथा बाँसुरीलगायतका परम्परागत सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। दिउँसो १२ बजेबाट सुरु भएको औपचारिक कार्यक्रममा परम्परागत पानस प्रज्वलन, सांस्कृतिक प्रस्तुति, स्वागत मन्तव्य तथा अतिथि सम्बोधन गरिएको थियो। कार्यक्रममा समुदायमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो।

नेवा: गुठी भिक्टोरियाका अनुसार जात्रामार्फत विशेषगरी युवा तथा बालबालिकालाई नेवा: संस्कृति, परम्परा र सम्पदासँग जोड्ने उद्देश्य राखिएको थियो। कार्यक्रममा हिन्दू तथा बौद्ध परम्पराको सहअस्तित्वसँगै नेवा: समुदायको सांस्कृतिक विविधता प्रस्तुत गरिएको थियो।

आयोजकले कुमारी रथ नेवार बौद्ध शाक्य परिवारबाट परम्परागत रूपमा चयन गरिने कुमारीसँग सम्बन्धित रहेको जनाएको छ। इन्द्र जात्राले धार्मिक सहअस्तित्व, सांस्कृतिक विविधता र पारस्परिक सम्मानको सन्देश दिने गुठीको भनाइ छ।

गुठीका अध्यक्ष माया प्रसाद सुवालले इन्द्र जात्रा पर्व मात्र नभई पहिचान, सम्पदा र समुदायको उत्सव भएको बताउनुभयो। चुनौतीपूर्ण मौसमका बाबजुद समुदायको उत्साहपूर्ण सहभागिताले संस्कृति संरक्षण गर्दै भावी पुस्तासम्म पुर्‍याउने प्रतिबद्धता थप बलियो बनाएको उहाँको भनाइ थियो।

जात्रा सफल बनाउन निर्देशन समिति, विभिन्न कार्यदल, सांस्कृतिक टोली, स्वयंसेवक, प्रायोजक तथा समुदायका सदस्यहरूको सामूहिक योगदान रहेको गुठीले जनाएको छ।

गुठीले युवा पुस्तालाई नेपाल भ्रमण गरी काठमाडौंमा मनाइने परम्परागत इन्द्र जात्रा प्रत्यक्ष अनुभव गर्नसमेत आग्रह गरेको छ। काठमाडौंको येँया पुन्हीमा सहभागी हुँदा धार्मिक अनुष्ठान, रथ, संगीत, सांस्कृतिक प्रस्तुति तथा सामुदायिक सहभागितालाई प्रत्यक्ष अनुभव गर्न सकिने आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, सामुदायिक संस्था, प्रायोजक, कलाकार, प्रस्तोता, स्वयंसेवक, परिवार, युवा तथा शुभेच्छुकप्रति नेवा: गुठी भिक्टोरियाले आभार व्यक्त गरेको छ।