काठमाडौं । गायक रोनन सुब्बा र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको रोमान्टिक युगल गीत ‘कहिले होला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोनन सुब्बाको शब्द तथा संगीत रहेको गीतमा देवेश राईको संगीत संयोजन छ। गीतको भिडियो रोनन सुब्बाको आधिकारिक युट्युब च्यानल ‘Ronan Subba’ मार्फत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री गरिमा शर्मा र कमल सिंहले अभिनय गरेका छन्। प्रेमिल शैलीमा तयार पारिएको भिडियोमा प्रेमभावलाई प्रस्तुत गरिएको छ।
लोकप्रिय निर्देशक निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा रोशन बिकेको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन रहेको छ।








