१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’

चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू

चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू
अ अ+ अ-

काठमाडौं, असोज १२ । आसन्न चाडपर्वका समयमा यात्रुहरू विचौलियाबाट ठगिने समस्या अन्त्य गर्न तथा जीर्ण सडक र कमजोर ट्राफिक पूर्वाधारका कारण भइरहेका दुर्घटना रोक्न सांसदहरूले सरकार तथा मातहतका निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सोमबार बसेको बैठकमा सत्तारूढ तथा प्रतिपक्षी सांसदहरूले चाडपर्व लक्षित अल्पकालीन योजनामा मात्र सीमित नभई मुलुकको समग्र यातायात क्षेत्रको दिगो व्यवस्थापन गर्न सरकारसँग माग गरेका हुन् ।

बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद मञ्जु भुसालले चाडपर्व नजिकिँदै गर्दा यातायात क्षेत्रमा विचौलियाको प्रभाव बढ्ने र यात्रुले सास्ती व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले टिकट काट्नु मात्रै ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु यातायात व्यवसायी तथा सम्बन्धित निकायको मुख्य दायित्व भएको बताउनुभयो ।

सांसद भुसालले संसदीय समितिले सातवटै प्रदेशमा यातायात तथा पूर्वाधारको अनुगमनका लागि उपसमिति बनाएर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले विगतका कमजोरी दोहोरिन नदिन कृष्णभीरलगायत सडकखण्डमा भइरहेको पहिरो पन्छाउने तथा मर्मतको कामलाई प्रभावकारी बनाउन यातायात व्यवस्था विभाग र व्यवसायीबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

रास्वपाकै सांसद सुनिल केसीले राजधानीका मुख्य सडकहरूमा समेत आवश्यक ट्राफिक पूर्वाधार नहुँदा नागरिकले ज्यान गुमाइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले कोटेश्वर चोकमा निर्माण गर्ने भनिएको आकाशे पुल रोकिएको विषयमा सम्बन्धित मन्त्रालय र विभागसँग जवाफ माग गर्नुभयो ।

कोटेश्वर, बालकुमारी, पेप्सीकोला, थली र साँखुलगायत क्षेत्रमा पर्याप्त ट्राफिक बत्ती नहुँदा दुर्घटनाको जोखिम बढेको भन्दै सांसद केसीले अव्यवस्थित पार्किङ तथा सडक सुरक्षामा देखिएका कमजोरी तत्काल समाधान गर्न माग गर्नुभयो ।

यस्तै, प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले यातायात व्यवस्थापनलाई चाडपर्वकेन्द्रित योजनामा मात्र सीमित गर्न नहुने बताउनुभयो । उहाँले समितिको बैठकमा पर्याप्त छलफल नगरी हतारमा विषय टुङ्ग्याउने प्रवृत्तिप्रति समेत असन्तुष्टि जनाउनुभयो ।

सांसद शर्माले हरेक वर्ष चाडपर्व नजिकिएपछि मात्रै यातायात व्यवस्थापनका विषयमा सक्रिय हुने प्रवृत्तिले दीर्घकालीन समस्या समाधान नहुने बताउँदै यातायात प्रणालीको समग्र र दिगो पुनर्संरचनाका लागि सरकार र संसदीय समितिले गम्भीरतापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।