२७ मंसिर २०८१, बिहीबार
,
Latest
संसदको आगामी अधिवेशनमा औषधि सम्बन्धी विधेयक दर्ता हुन्छः स्वास्थ्यमन्त्री पौडेल भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु देशको आर्थिक स्थिति सुधारोन्मुख: राष्ट्र बैंक विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभारः गृहमन्त्री २०२५ मा एक वफादार र मायालु पार्टनर चाहन्छिन् सामन्था ! गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने काठमाडौँलाई हराउँदै जनकपुर एनपिएलको प्लेअफमा त्रिविको सिनेट बैठकः त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘इमर्जेन्सी’ को नयाँ रिलिज मिति घोषणा



अ+ अ-

एजेन्सी । कंगना रनावतको विवादित फिल्म ‘इमर्जेन्सी’लामो समयदेखि रिलिजको प्रतिक्षामा थियो । संवेदनशील विषयका कारण फिल्म विवादमा परेको थियो । फिल्मलाई देशभर प्रतिबन्ध लगाउन माग गरेपछि धेरै मुद्दा दर्ता भएका छन् ।

यता, सेन्सर बोर्डले फिल्मलाई सर्टिफिकेट दिन अस्वीकार गरेको थियो । तर, अब फिल्मको नयाँ रिलिज मिति सार्वजनिक भएको छ । कंगनाले हालै आफ्नो आधिकारिक इन्स्टाग्रामबाट फिल्मको नयाँ रिलिज मिति घोषणा गरेकी छिन् ।

देशको सबैभन्दा शक्तिशाली महिलाको महाकाव्य गाथा र भारतको भाग्य परिवर्तन गर्ने क्षण ‘इमर्जेन्सी’ १७ जनवरी २०२५ मा थिएटरमा देखिनेछ ।

फिल्म इमर्जेन्सी जुन १४, २०२४ मा रिलिज हुने थियो । तर, लोकसभा चुनावका कारण स्थगित भएको थियो । फिल्म ६ सेप्टेम्बर २०२४ मा रिलिज हुने थियो, तर रिलिज हुनु केही दिनअघि सेन्सर बोर्डले फिल्मलाई सर्टिफिकेट दिन अस्वीकार गर्यो ।

फिल्ममा विवादास्पद दृश्य रहेकाले शान्तिमा खलल पुग्ने आरोप लागेको थियो ।

फिल्म ‘इमर्जेन्सी’ पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी र भारतमा लागू गरिएको आपतकालमा आधारित छ । कंगनाले फिल्ममा इन्दिरा गान्धीको भूमिका निर्वाह गर्नुका साथै निर्देशन पनि गरेकी छिन् । फिल्ममा उनीसँगै अनुपम खेर, महिमा चौधरी, श्रेयस तलपदे लगायतका कलाकारको मुख्य भूमिका छ ।