१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल

कोभिड दक्षिण अफ्रिका : चिडियाखानामा सिंह र प्युमालाई कोरोना भाइरस सरेपछि नयाँ भेरिअन्ट उत्पत्ति हुने चिन्ता

कोभिड दक्षिण अफ्रिका : चिडियाखानामा सिंह र प्युमालाई कोरोना भाइरस सरेपछि नयाँ भेरिअन्ट उत्पत्ति हुने चिन्ता
अ अ+ अ-

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र प्युमामा कोरोनाभाइरस सरेको छ। तिनको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रीटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले एउटा अध्ययनपछि बताएका छन्।

वैज्ञानिकहरूले यदि भाइरस जनावरमा फैलिरह्यो अनि मानिसमा सर्‍यो भने नयाँ भेरिअन्ट उत्पत्ति हुन सक्ने खतरा औँल्याउँदै सचेत गराएका छन्।

चिडियाखानाका ती जीवजन्तु मानिसमा कोभिड हुने बेलामा देखा पर्ने जस्तै लक्षणसहित बिरामी परेका थिए।

उनीहरूलाई श्वास फेर्न गाह्रो भएको, नाकबाट सिँगान बगेको र सुक्खा खोकी लागेको पाइएको थियो। प्युमा बिरालो परिवारको एक प्रजाति हो।

जनावरमा गरिएका परीक्षणमा कोरोनाभाइरस पुष्टि भएको र उनीहरूलाई रेखदेख गर्ने मानिसबाट भाइरस सरेको हुनसक्ने वैज्ञानिकहरूले बताएका छन्।

अनुसन्धानकर्ताहरूले चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीहरूमा कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको तर उनीहरूमा लक्षण भने नदेखिएको पाएका थिए।

वैज्ञानिकहरूले जनावरको रेखदेख गर्दा पनि मास्क लगाउन र अन्य सुरक्षाका उपाय अपनाउन सुझाव दिएका छन्।

यो अनुसन्धान समकक्षीहरूले समीक्षा गरेर प्रकाशित हुने जर्नल भाइरसेसमा प्रकाशित भएको छ। (बीबीसी)