१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल

जर्मनीमा पछिल्लो २४ घण्टामा १ लाख नयाँ कोभिड–१९ संक्रमण

जर्मनीमा पछिल्लो २४ घण्टामा १ लाख नयाँ कोभिड–१९ संक्रमण
अ अ+ अ-

जर्मनीमा विगत २४ घण्टामा थप १ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको देशको जनस्वास्थ्य निकायले बुधबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा पछिल्लो २४ घण्टामा १ लाख १२ हजार ३२३ कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।  कोरोना सङ्क्रमणको कारण २३९ जनाको मृत्यु भएको रबर्ट कोच इन्स्टिच्युटले जनाएको छ ।

साप्ताहिक घटना दर सात दिनमा प्रति १००० व्यक्तिमा ५८४ं।४ नयाँ सङ्क्रमण भएको सो इन्स्टिच्युटले जनाएको छ ।जर्मनीले सङ्क्रमण घटाउनको लागि थप कडाई गरेको छ ।  बार र रेष्टुरेन्टहरूमा पहुँच सीमित गर्न व्यक्तिहरूलाई उनीहरूको बूस्टर खोप प्राप्त गरेका वा पूर्ण रूपमा खोप वा निको भइसकेपछि परीक्षण गरिएको छ ।

जर्मनीमा कोरोनाभाइरस सङ्क्रमण वृद्धि भएको छ । ७० प्रतिशत भन्दा बढीको लागि ओमिक्रोन संस्करण भएको जनाइएको छ । अन्य युरोपेली देशहरूले पनि ओमिक्रोनको बढ्दो दरसँग लडिरहेका छन् । छिमेकी फ्रान्समा हालै दैनिक औसत  ३ हजार ओमिक्रोनका सङ्क्रमित रहेका छन् ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले ८ करोड ३० लाख जनसंख्याको प्रतिरोधात्मक क्षमता बढाउन अनिवार्य खोपहरू लागू गर्न खोजिरहनु भएको छ ।  जसमध्ये ६ करोडले पूर्ण मात्रा खोप लगाइएका छन् । (रासस/एएफपी)