२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सय बढी देशद्वारा मानवअधिकार मुद्दामा राजनीतिकरणको विरोध



अ+ अ-

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५७ औँ अधिवेशनमा सयभन्दा बढी देशले मानवअधिकारको राजनीतिकरणको विरोध गरेका छन् ।

चीनको अडानप्रति समर्थन गर्दै सय बढी देशहरुले मानवअधिकार मुद्दामा राजनीतिकरणको विरोध गरेका हुन् ।

दोहोरो मापदण्ड र मानवअधिकारको प्रयोगलाई अन्य राष्ट्रहरूको घरेलु मामिलामा हस्तक्षेपको बहानाको रूपमा अस्वीकार गर्दै, क्युबाले प्रतिनिधित्व गर्ने देशहरूको समूहले संयुक्त राष्ट्र संघमा उल्लेखित विश्वव्यापीता, निष्पक्षता, वस्तुनिष्ठता र गैर–चयनवादका सिद्धान्तहरूको पालना गर्न आह्वान गरेको छ ।

जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय र स्वीट्जरल्याण्डस्थित अन्य अन्तर्राष्ट्रिय संस्थाका लागि चीनका स्थायी प्रतिनिधि चेन सुले संवाद र सहयोगको माध्यमबाट मानव अधिकारको प्रवद्र्धन र संरक्षणसम्बन्धी मित्र समूहको तर्फबाट संयुक्त वक्तव्य दिनुभएको छ ।