१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह मन्त्रिपरिषद् बैठक सुरु होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह : ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार,होटलको लागि सिलिन्डरको तौल… सुरुङमा उद्धार र मानवीय क्षतिको विवरण अद्यावधिक हुँदैछ : परराष्ट्र मन्त्रालय विपद् प्रतिकार्यमा सरकारलाई सहयोग गर्ने रास्वपाको निर्णय, ७२ घण्टाभित्र राहत वितरण गर्न आग्रह संसद बैठक चलिरहँदा सभाकक्षमै ढले काँग्रेस सांसद खड्का विपद्पछिको अवस्था र राहतबारे परराष्ट्र मन्त्रालयद्वारा कुटनीतिक ब्रिफिङ, केरुङमा रहेका नेपालीलाई फर्काउन समन्वय गरिँदै रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा स्कुल बस दुर्घटना अपडेटः आमा र छोराको मृत्यु



अ+ अ-

पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको निधन भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।

आज बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं.को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो ।

घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।