१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो



अ+ अ-

काठमाडौँ । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ। नेपाली सेनाका उद्धारकर्मीले सुरुङभित्र पहुँच मार्ग निर्माण गरी बुधबार साँझ दुई शव बाहिर निकालेका हुन्।

सुरुङबाट निकालिएका शव नुवाकोट ल्याइएको छ। उद्धार कार्यमा समन्वय गरिरहेका अधिकारीका अनुसार नेपाली तथा विदेशी नागरिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरेको छ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अहिले सुरुङको दुई स्थानबाट प्वाल बनाएर खोज तथा उद्धार कार्य जारी राखिएको छ। सुरुङभित्र थप व्यक्ति फसेको हुनसक्ने आशंकामा उद्धार टोलीले खोजीलाई निरन्तरता दिएको हो।

भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजीका क्रममा सेनाले जलविद्युत आयोजनाका सुरुङ तथा जोखिमपूर्ण क्षेत्रमा उद्धार अभियान सञ्चालन गरिरहेको छ।




भर्खरै