९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव

शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव
अ अ+ अ-

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद्पछि शव व्यवस्थापन र अवरुद्ध सडक सञ्जाल पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गर्दै अध्यक्ष घिसिङले स्थलगत अवलोकनका क्रममा देखिएका समस्या तथा स्थानीयस्तरमा देखिएको आक्रोशबारे जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले शव व्यवस्थापनमा भएको ढिलाइप्रति स्थानीय बासिन्दा र जनप्रतिनिधिमा ठूलो असन्तुष्टि रहेको बताउनुभयो । विपद्पछि तत्काल शव व्यवस्थापन गर्नुपर्ने भन्दै उहाँले यस विषयलाई सरकारले गम्भीरताका साथ लिनुपर्नेमा जोड दिनुभयो ।

घिसिङले अवरुद्ध सडक सञ्जाल पुनः सञ्चालनमा पनि विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । सडक कनेक्टिभिटीमा ढिलाइ हुँदा उद्धार, राहत तथा पुनःस्थापनाका काम प्रभावित हुने भएकाले सडक सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाउन आफूले सरकारलाई सुझाव दिएको उहाँले जानकारी दिनुभयो ।

भेटका क्रममा विपद्पछि होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकको अवस्थाबारे पनि छलफल भएको उहाँले बताउनुभयो । ती केन्द्रमा स्वास्थ्य, सामाजिक सुरक्षा तथा अन्य आधारभूत सेवाको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री साहले होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई काठमाडौं ल्याएर उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको घिसिङले जानकारी दिनुभयो ।

उहाँले विपद्को पूर्वतयारीमा कमजोरी रहेको स्वीकार गर्दै आगामी दिनमा त्यस्ता कमजोरी सच्याउनुपर्नेमा जोड दिनुभयो । ठूलो विपद्का कारण पूर्वतयारीमा भएका कमी कमजोरीसमेत देखिएको भन्दै घिसिङले सरकारसहित सबै पक्ष एकताबद्ध भएर समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

‘अब शव व्यवस्थापनको विषयमा गम्भीर रूपमा सोच्नुपर्छ । शव व्यवस्थापनमा केही ढिलाइ भयो भन्ने स्थानीय जनता र स्थानीय निकायको आक्रोश हामीले बुझेका छौँ र फिल्डमा देखिएका विषय प्रधानमन्त्रीसमक्ष राखेका छौँ,’ उहाँले भन्नुभयो ।

विपद्को यो घडीमा सरकार गम्भीर भएर अघि बढ्नुपर्ने र सबैले जिम्मेवार ढङ्गले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।