९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो

भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो
अ अ+ अ-

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ । विभिन्न स्थानीय तह, संघसंस्था, निजी क्षेत्र तथा व्यक्तिले कोषमा सहयोग रकम जम्मा गरेका हुन् ।

काठमाडौँको ठमेलमा सञ्चालित रमादा होटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ । होटलका अध्यक्ष जगन्नाथ ज्ञवालीले उक्त रकम कोषमा दाखिला गरिएको जानकारी दिनुभयो ।

स्याङ्जाको पुतलीबजार नगरपालिकाले रु २७ लाख ३९ हजार ८५८ सहयोग गरेको छ । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलबबाट रकम सङ्कलन गरी कोषमा दाखिला गरिएको नगर प्रवक्ता मनोज पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, वीरगञ्जको मारवाडी ट्रष्ट र चाचान समूहले रु ५२ लाख ११ हजार सङ्कलन गरी राहत कोषमा जम्मा गरेका छन् । चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले उक्त रकम बाढीपीडितको राहतका लागि सहयोग गरिएको जानकारी दिनुभयो ।

बुटवलस्थित गौतमबुद्ध सामुदायिक अस्पतालले चिकित्सक तथा कर्मचारीबाट सङ्कलित रु ११ लाख ११ हजार १११ राहत कोषमा उपलब्ध गराएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो ।

बाजुराको बूढीगङ्गा नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको मासिक तलबबाट रु २२ लाख ९२ हजार ३३२ सङ्कलन गरी कोषमा सहयोग गरेको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिनुभयो ।

मकवानपुरको भीमफेदी गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलबबाट रु पाँच लाख सङ्कलन गरी राहत कोषमा जम्मा गरेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।

नेपाली कांग्रेस बनेपा नगर समितिले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट सङ्कलित रु दुई लाख २३ हजार ३६४ राहत कोषमा दाखिला गरेको नगर सभापति महेशकुमार कर्माचार्यले जानकारी दिनुभयो । लमजुङको बेँसीसहर नगरपालिकाले पनि जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलबबाट रु पाँच लाख कोषमा सहयोग गरेको नगर प्रमुख गुमानसिंह अर्यालले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोकका नौ स्थानीय तहले भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कुल रु एक करोड ७७ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । भुम्लु गाउँपालिकाले रु ३० लाख, नमोबुद्ध नगरपालिकाले रु २७ लाख ५० हजार, बनेपा नगरपालिकाले रु १५ लाख र पनौती नगरपालिकाले रु ३० लाख सहयोग गरेका छन् । पाँचखाल, धुलिखेल, रोशी र चौँरीदेउराली स्थानीय तहले रु १०–१० लाखका दरले सहयोग गरेका छन् ।

यसैगरी, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ निवासी रवि धितालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा व्यक्तिगत रूपमा रु एक करोड ११ लाख ११ हजार १११ सहयोग गर्नुभएको छ ।

सिरहाको लहान नगरपालिकाले पनि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको मासिक तलबबाट सङ्कलित रु ११ लाख राहत कोषमा दाखिला गरेको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारसँगै क्षतिग्रस्त संरचनाको पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको छ।