९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने
अ अ+ अ-

काठमाडाैँ । राजर्षिजनक विश्वविद्यालयले यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालय कार्यकारी परिषद्कोे निर्णय अनुसार विश्वविद्यालय अन्तर्गत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टागरी कोषमा जम्मा गरिने भएको हो ।

विश्वविद्यालयका अनुसार उपकुलपति र रजिष्ट्रारको एक महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ । त्यस्तै, डीन, निर्देशक, नियन्त्रक, प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासकलगायत सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १५ दिन बराबरको रकम कट्टा गरिनेछ ।

सहायक डीन, सहनियन्त्रक, उपप्राध्यापक, उपप्रशासक वा सो सरहका कर्मचारीबाट १० दिनको, सहायक प्राध्यापक तथा शाखा अधिकृत वा सो सरहका कर्मचारीबाट सात दिनको तलब बराबरको रकम कट्टा गर्ने निर्णय भएको विश्वविद्यालयले जनाएको छ ।

यसैगरी, मुख्य कार्यालय सहायक, कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट पाँच दिन तथा सवारी चालक, कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट दुई दिनको तलब बराबरको रकम कट्टा गरिनेछ ।

उक्त रकम २०८३ साल भदौ महिनाको तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिने विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले जनाएको छ ।

विश्वविद्यालयका रजिस्ट्रार डा. जीवन काफ्लेद्वारा जारी सूचनामा विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत एवं पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले रकम कट्टा गर्न लागिएको उल्लेख छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विश्वविद्यालयले दुःख तथा समवेदना व्यक्त गरेको छ ।