९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन

रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले बाढीमा बेपत्ता भएकाको खोज तथा उद्धारलाई प्रभावकारी बनाउँदै क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा जलविद्युत् आयोजनाको शीघ्र पुनर्निर्माण गर्न सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति आशिष गजुरेलले बाढी प्रभावित क्षेत्रमा अझै मानिसहरू फसेर बसेको जानकारी आएकाले खोज तथा उद्धार अभियानलाई तीव्रता दिन सरकारलाई आग्रह गरिएको बताउनुभयो । विशेषगरी सुरुङलगायत जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

“सरकारलाई हामीले तत्काल निर्माण तथा उद्धारको काम अघि बढाउन अनुरोध गरेका छौँ । सुरुङमा उद्धारका लागि तत्कालै खटिनुपर्छ । यसमा स्वदेशी तथा विदेशी सबै विज्ञलाई परिचालन गरी तत्काल उद्धारको काम गर्नुपर्छ,” सभापति गजुरेलले भन्नुभयो ।

समितिले विपद्का कारण अवरुद्ध भएको सम्पर्क सञ्जाल तत्काल पुनःस्थापित गर्न पनि सरकारलाई निर्देशन दिएको छ । प्रभावित क्षेत्रमा आवश्यकताअनुसार तुइन, झोलुङ्गे पुल तथा अस्थायी सडक निर्माणलाई प्राथमिकतामा राख्न समितिले आग्रह गरेको हो ।

त्यस्तै, विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा तत्काल विद्युत् सेवा सञ्चालन गर्न जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समितिले गरेको छ । विद्युत् आपूर्ति नहुँदा मिल सञ्चालन हुन नसकी मकै, धानलगायत खाद्यान्न प्रशोधनमा समेत समस्या भएको सभापति गजुरेलले बताउनुभयो ।

समितिले विपद्बाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा जलविद्युत् आयोजनाको शीघ्र पुनर्निर्माण र पुनःस्थापनाका लागि स्वदेशी निजी क्षेत्र, विदेशी सरकार, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट आर्थिक, प्राविधिक, उपकरण तथा सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको छ ।

प्राप्त सहयोगलाई प्रभावकारी रूपमा परिचालन गरी जतिसक्दो छिटो पुनर्निर्माणका काम अघि बढाउन सम्बन्धित मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको सभापति गजुरेलले जानकारी दिनुभयो । जलविद्युत् आयोजना तथा सडक पुनर्निर्माणमा स्वदेशी तथा वैदेशिक निजी लगानीसमेत परिचालन गर्न समितिले आग्रह गरेको छ ।

त्यसैगरी, जलवायु परिवर्तनका कारण नेपालजस्ता कम हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकले बढी क्षति व्यहोर्नुपरेको भन्दै बढी उत्सर्जन गर्ने राष्ट्रबाट जलवायुजन्य क्षतिको क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय पनि समितिले गरेको छ ।

समितिले गरेका निर्णय सम्बन्धित मन्त्रालयमा लिखित रूपमा पठाइने सभापति गजुरेलले बताउनुभयो ।

सभापति गजुरेलले विगतका विपद्बाट पर्याप्त पाठ सिक्न नसक्दा अहिले ठूलो विपत्तिको सामना गर्नुपरेको बताउनुभयो । उहाँले २०८२ असार २४ गते भोटेकोशीमा आएको बाढीमा १६ जनाको मृत्यु भएको घटनालाई अहिलेको विपद्का लागि चेतावनीका रूपमा लिनुपर्ने भए पनि त्यसबाट पर्याप्त तयारी गर्न नसकिएको उल्लेख गर्नुभयो ।

“त्यतिबेला चेतावनी रहेछ, हाम्रो लागि । तर त्यो संस्थागत भएन, त्यसलाई हामीले बिर्सियौँ । त्यसबाट तयारी गर्न नसक्दा आज हामीले ठूलो विपत्ति भोग्नुपरेको हो,” उहाँले भन्नुभयो ।

उहाँले विपद् व्यवस्थापनमा ‘संस्थागत स्मृति’ महत्वपूर्ण हुने भन्दै विगतका विपद्बाट प्राप्त चेतावनी, अनुभव र सिकाइलाई संस्थागत गरी आगामी दिनमा जोखिम न्यूनीकरण र पूर्वतयारीमा ध्यान दिन सरकारलाई सुझाव दिनुभयो ।

समितिले खोज तथा उद्धारपछि पुनःस्थापना र पुनर्निर्माणका काममा स्वदेशी तथा विदेशी सहायता, निजी लगानी र वैदेशिक लगानी परिचालन गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरेको छ ।