९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’

भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
अ अ+ अ-

काठमाडौं । नेपाली सेनाले रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्न ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारजनसँग सेनाको सम्पर्क भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार परिवारजनलाई आवश्यक सूचना उपलब्ध गराउन तथा समन्वय गर्न हेल्प डेस्क सञ्चालनमा ल्याइएको हो ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा त्यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका ४५ जना सैनिक सम्पर्कविहीन भएका छन् ।

नेपाली सेनाले सम्पर्कविहीन सैनिकको खोजी कार्य निरन्तर जारी राखेको जनाएको छ । जङ्गी अड्डाका अनुसार रसुवाको टिमुरेदेखि नवलपुरसम्म परिचालित सैन्य टोलीलाई बाढीमा हराइरहेका नागरिक तथा सैनिकको विवरणबारे जानकारी गराई खोज तथा उद्धारमा केन्द्रित गरिएको छ ।

सेनाले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन परिचालित टोलीलाई आवश्यक समन्वय र निर्देशन दिइरहेको जनाएको छ ।