९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

विपद्पछिको अवस्था र राहतबारे परराष्ट्र मन्त्रालयद्वारा कुटनीतिक ब्रिफिङ, केरुङमा रहेका नेपालीलाई फर्काउन समन्वय गरिँदै

विपद्पछिको अवस्था र राहतबारे परराष्ट्र मन्त्रालयद्वारा कुटनीतिक ब्रिफिङ, केरुङमा रहेका नेपालीलाई फर्काउन समन्वय गरिँदै
अ अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालयले रसुवामा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयमा सम्पन्न कूटनीतिक ब्रिफिङसहित समसामयिक विषयमा जानकारी गराउनुभएको हो । परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा भएको ब्रिफिङमा विभिन्न मुलुकका राजदूत तथा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूलाई नेपालमा बाढीबाट उत्पन्न वर्तमान अवस्थाबारे जानकारी गराइएको थियो ।

ब्रिफिङका क्रममा कूटनीतिक प्रतिनिधिहरूले विपद्प्रति दुःख व्यक्त गर्दै आ–आफ्ना सरकार तथा संस्थाका तर्फबाट नेपालप्रति ऐक्यबद्धता र सहयोगको प्रतिबद्धता पुनः व्यक्त गरेका थिए । नेपाल सरकारले हालसम्म भएका खोज, उद्धार तथा राहतका प्रगतिबारे जानकारी गराउँदै प्राप्त सहयोगका लागि धन्यवादसमेत दिएको मन्त्रालयले जनाएको छ ।

दाता सम्मेलन आयोजना गर्ने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता क्षेत्रीले सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो । दाता सम्मेलनका सम्बन्धमा हुने थप निर्णय तथा तयारीबारे पछि विस्तृत जानकारी गराइने उहाँले बताउनुभयो ।

यसैबीच, चीनको केरुङ क्षेत्रमा रहेका करिब एक हजार चार सय नेपाली नागरिकको अवस्थाबारे पनि परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ । तीमध्ये करिब एक सय जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किने क्रममा रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा आएका कतिपय अपुष्ट खबरको खण्डन गर्दै उहाँले केरुङमा रहेका नेपाली हराएर फेला परेको नभई कामको सिलसिलामा त्यहाँ पुगेका र बाटो अवरुद्ध भएका कारण रोकिएको स्पष्ट पार्नुभयो ।

मन्त्रालयका अनुसार विपद्का कारण घरपरिवार तथा आफन्त गुमाएका वा तत्काल स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई प्राथमिकताका साथ नेपाल ल्याउन चिनियाँ पक्षसँग समन्वय भइरहेको छ । वैकल्पिक मार्ग प्रयोग गरेर भए पनि उनीहरूलाई छिट्टै स्वदेश फर्काउने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।