९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सुरुङमा उद्धार र मानवीय क्षतिको विवरण अद्यावधिक हुँदैछ : परराष्ट्र मन्त्रालय

सुरुङमा उद्धार र मानवीय क्षतिको विवरण अद्यावधिक हुँदैछ : परराष्ट्र मन्त्रालय
अ अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्रालयले बाढी तथा पहिरो प्रभावित क्षेत्रका सुरुङमा भइरहेको उद्धार तथा मानवीय क्षतिको यकिन विवरण संकलन र अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ ।

बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खोज तथा उद्धार कार्यलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सुरुङ तथा त्यस आसपासका क्षेत्रमा शव निकालिएको विवरण प्राप्त भए पनि ती शव सुरुङभित्रका श्रमिकका हुन् वा बाहिरी क्षेत्रका हुन् भन्नेबारे यकिन विवरण प्राप्त भइसकेको छैन ।

उहाँले सम्बन्धित निकायबाट आधिकारिक विवरण प्राप्त भएपछि सुरुङभित्र कति श्रमिक प्रभावित भएका थिए र कति जनाको उद्धार भयो भन्ने विषय स्पष्ट हुने बताउनुभयो ।

उद्धारमा प्रयोग भइरहेका मेसिनरी तथा उपकरणको अभाव र गुणस्तरका विषयमा सोधिएको प्रश्नमा प्रवक्ता क्षेत्रीले थप उपकरणको आवश्यकता महसुस गरी सहयोगका लागि साझेदार निकायहरूसँग अनुरोध गरिएको जानकारी दिनुभयो । यद्यपि, हाल प्रयोग भइरहेका उपकरण बिग्रिएको वा काम नलाग्ने अवस्थामा रहेको भन्नेबारे मन्त्रालयलाई कुनै औपचारिक जानकारी प्राप्त नभएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रवक्ता क्षेत्रीले प्रभावित क्षेत्रमा कुन स्थान बसोवासका लागि सुरक्षित र कुन असुरक्षित छ भन्ने विषयमा सम्बन्धित निकायबाट अध्ययन भइरहेको पनि बताउनुभयो । हाल सरकारको मुख्य प्राथमिकता खोज तथा उद्धार रहेको भन्दै उहाँले उद्धार कार्य सम्पन्न भएपछि मात्र उत्थानशील पुनर्निर्माणको योजनाअनुसार विस्तृत अध्ययन अघि बढाइने जानकारी दिनुभयो ।

बाढी तथा पहिरोबाट प्रभावित कतिपय क्षेत्र भविष्यमा बसोवासका लागि असुरक्षित हुन सक्ने चर्चा भइरहे पनि त्यसबारे तत्काल निष्कर्षमा पुग्न नसकिने उहाँको भनाइ छ । यस विषयमा दोस्रो चरणमा प्राविधिक अध्ययन गरी आवश्यक निर्णय लिइने मन्त्रालयले जनाएको छ।