१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथह्याम्पटनलाई हराउँदै लेस्टर दोस्रो स्थान उक्लिएर उपाधिको होडमा



अ+ अ-

लन्डन । शनिबार इंग्लिस प्रिमियर लिगमा च्याम्पियन लिभरपुललाई उछिनेर लेस्टर सिटी दोस्रो स्थान उक्लेको छ । जेम्स म्याडिसन र हार्भे बार्नेसको गोलमा लेस्टरले साउथह्याम्पटनलाई घरमा २–० ले हरायो । यो जितपछि लेस्टर पनि उपाधि होडमा सामेल भएको हो । ब्रेन्डन रोजर्सको टिमको अब १८ खेलबाट ३५ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग एक अंकको दूरी हो ।

अर्को खेलमा चेल्सीले १० खेलाडीमा सीमित फुलहमलाई १–० ले हरायो । यसले व्यवस्थापक फ्रायन्क लाम्पार्डलाई राहत प्रदान गरेको छ । खेलको निर्णायक गोल मेसन माउन्टले खेलको अन्त्यतिर गरे र टिम २९ अंकमा सातौं स्थानमा उक्लियो ।

यस्तै वेस्ट ह्यामले बर्नलीलाई १–० ले हरायो । त्यसमा मिचाइल एन्टोनियोले एक मात्र गोल गरे । जितपछि वेस्ट ह्याम आठौं स्थानमा उक्लेको छ ।