१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्जर्सलाई पराजित गर्दै पीएसजी फेरि शीर्ष स्थानमा



अ+ अ-

पेरिस । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग–वानमा एन्जर्सलाई १–० ले हराएको छ । यससँगै टोली फेरि अंकतालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो ।

खेलको एक मात्र गोल डिफेन्डर लेयभिन कुरजावाले भलीबाट गरे । मउरिसो पोचेटिनोको पीएसजीको यो लगातार सात खेलको अपराजित यात्रा हो ।

खेलका क्रममा पोचेटिनो आफैं भने मैदानमा थिएनन् । टोटनहमका पूर्वव्यवस्थापक कोरोना भाइरस संक्रमणपछि अहिले आइसोलोसनमा छन् । पीएसजी दोस्रो स्थानको लियोनभन्दा दुई अंकले अगाडि छ ।