२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा जसपा सांसद निर्मला लिम्बूले गरिन् अशोक राई पक्षमा सनाखत



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशसभा सांसद निर्मला लिम्बूले अशोक राईको पक्ष रोजेकी छन् ।

प्रदेश निर्वाचन कार्यालय पुगेर निर्मलाले नयाँ पार्टी जसपाको पक्षमा सनाखत गरेकी हुन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ ।

समानुपातिक सांसद रहेकी उनी यसअघि पटकपटक मन्त्री बनिसकेकी छन् ।