२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

३२२ जना संक्रमित थपिदा ३७४ कोरोनामुक्त



अ+ अ-

काठमाडौं । सोमबार ३ सय २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६ जनाको पिसिआर परिक्षणमा ३ सय २२ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा दुई लाख ६७ हजार छ सय ४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार ३७४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ८ सय ६१ छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ सय २१ रहेको छ । कोरोना संक्रमणबाट थप ६ जना को मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६५ जना रहेको छ ।  हालसम्म पीसीआर विधिबाट २० लाख १६ हजार ७ सय ५८ परीक्षणहरु गरिएका छन् ।

 




भर्खरै