५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबारको दिन नेप्से परिसूचक ५.५७ अंकले घट्यो, ५५ कम्पनीको शेयर मूल्यमा वृद्धि



अ+ अ-

काठमाडौं । मंगलबार नेप्से परिसूचक ५.५७ अंकले घटेर २३२६.९० विन्दुमा पुगेको छ । अघिल्लो दिनको कारोबारको तुलनामा ५ दशमलव ५७ अंकले घटेको हो।

कारोबारमा आएका २०६ ओटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १४१ कित्ता शेयरको ५७ हजार ९८० पटकमा रू. ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८४८ बराबरको शेयर खरीदविक्री भएको छ । मंगलबारको कारोबार दिनमा २०६ ओटा कम्पनीमध्ये ५५ ओटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ११५ ओटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेका छन् ।

मंगलबार तीन वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स र गोर्खाज फाइनान्सको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । त्यसैगरि मंगलबार सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ७४ प्रतिशतका दरले घटेको छ ।

उक्त कम्पनीको शेयर मूल्य  मंगलवार रू. १ हजार ३०० कायम भएको छ । कारोबारमा आएका १२ ओटा समूहमध्ये सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ भने ब्यापर समूहको परिसूचक १ दशमलव ३५ प्रतिशत र जीबन बीमा समूहको परिसूचक ३ दशमलव ५५ प्रतिशतले  वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । वित्त कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै उक्त समूहको परिसूचक बढेको हो । 

मंगलबार सर्वाधिक कारोबार भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ९१ करोड ९७ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । उक्त कम्पनीले ५१ प्रतिशत लाभांश वितरण गर्नका लागि  साधारण सभा तथा बुक क्लोज मिति तय गरेसँगै उक्त कम्पनीको शेयर सर्वाधिक कारोबार भएको हो ।