२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत

मंगलबारको दिन नेप्से परिसूचक ५.५७ अंकले घट्यो, ५५ कम्पनीको शेयर मूल्यमा वृद्धि

मंगलबारको दिन नेप्से परिसूचक ५.५७ अंकले घट्यो, ५५ कम्पनीको शेयर मूल्यमा वृद्धि
अ अ+ अ-

काठमाडौं । मंगलबार नेप्से परिसूचक ५.५७ अंकले घटेर २३२६.९० विन्दुमा पुगेको छ । अघिल्लो दिनको कारोबारको तुलनामा ५ दशमलव ५७ अंकले घटेको हो।

कारोबारमा आएका २०६ ओटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १४१ कित्ता शेयरको ५७ हजार ९८० पटकमा रू. ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८४८ बराबरको शेयर खरीदविक्री भएको छ । मंगलबारको कारोबार दिनमा २०६ ओटा कम्पनीमध्ये ५५ ओटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ११५ ओटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेका छन् ।

मंगलबार तीन वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स र गोर्खाज फाइनान्सको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । त्यसैगरि मंगलबार सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ७४ प्रतिशतका दरले घटेको छ ।

उक्त कम्पनीको शेयर मूल्य  मंगलवार रू. १ हजार ३०० कायम भएको छ । कारोबारमा आएका १२ ओटा समूहमध्ये सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ भने ब्यापर समूहको परिसूचक १ दशमलव ३५ प्रतिशत र जीबन बीमा समूहको परिसूचक ३ दशमलव ५५ प्रतिशतले  वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । वित्त कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै उक्त समूहको परिसूचक बढेको हो । 

मंगलबार सर्वाधिक कारोबार भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ९१ करोड ९७ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । उक्त कम्पनीले ५१ प्रतिशत लाभांश वितरण गर्नका लागि  साधारण सभा तथा बुक क्लोज मिति तय गरेसँगै उक्त कम्पनीको शेयर सर्वाधिक कारोबार भएको हो ।