२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिकी किशोरी भन्छन् – नेपाली भाषा र संस्कृति लैजान्छौँँ



अ+ अ-

काठमाडौँ । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगा बाहेक अर्थोक केही थिएन । यहाँ आउनुअघि उहाँले नेपालबारे ‘गुगल सर्च’ गर्नुभयो । उहाँको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो ।

रुवान्डाबाट नेपालसम्मको हवाई यात्राभरी उहाँको कल्पनामा नेपाल पहाड र चुचुरा मात्र थियो । अफ्रिकासँग नेपालको भाषा या शैली मिल्ने कुरा पनि भएन । तर उहाँसँग स्काउटले सिकाएको सिक्ने र सिकाउने बानी छ । तर कसरी गर्ने होला ? यो कुरा उहाँको दिमागमा खेलिरहेको थियो ।

यही स्वभावका कारण क्रिस्टिनाले सबैभन्दा पहिला नेपाली भाषा सिक्न थाल्नुभयो । सुरुमा खानाका परिकार र त्यसपछि सञ्चोबिसञ्चोको खबर आदानप्रदानका केही शब्दबाट सुरु भएको उहाँको नेपाली भाषा सिकाइ अहिले आफ्नो परिचयसम्म पुगेको छ । अहिले उहाँ आफ्नो छोटो परिचय नेपाली भाषामै दिनसक्ने हुनुभएको छ ।

स्काउटमार्फत नेपाल आएकी उहाँले चार महिनामै नेपाली भाषा र संस्कृति सिक्नुभएको छ । अहिले त आफ्नो परिचय पनि नेपाली भाषामै दिनुहुन्छ । भेट हुने नेपालीसँग उहाँ भन्नुहुन्छ, “नमस्कार म क्रिस्टिना, अफ्रिकाको रुवान्डाबाट नेपाल आएकी ।”

क्रिस्टिनालाई लाग्छ, कसैसँग आत्मियता बढाउनु छ भने उसको भाषा र शैली सिक्नुपर्छ । यसले छिट्टै उनीहरुसँग घुलमिल हुन र अपनत्व बढाउन सजिलो हुन्छ । अफ्रिकाबाट नेपाल आएको चार महिना नपुग्दै उहाँले नेपाली शब्द कोष समेत बटुल्न थाल्नुभएको छ ।

यतिबेला नेपाल स्काउटको निम्तोमा अफ्रिकाका विभिन्न देशबाट क्रिस्टिनासहित पाँच किशोरी नेपाल आउनुभएको छ । घाना, मलावी, मदगास्कर, रुवान्डा र युगान्डाका किशोरीहरुले यहाँको संस्कृति र भाषा सिक्ने मात्रै होइन, आफ्नो अनुभव समेत विद्यालयहरुमा पुगेर सुनाउने गर्नुभएको छ ।

उहाँसँगैकि रेश्मा सलिम मलावीबाट आउनुभएको छ । अफ्रिकी मूलकी युवतीको नाम कसरी रेश्मा रहन गयो रु उहाँलाई धेरै नेपालीले सोध्ने प्रश्न हो यो । उहाँको नामसँगै पूर्वीय इतिहास जोडिएको छ । हजुरआमा भारतीय मूलकी भएकाले नातिनीको नाम रेश्मा राख्नुभएको उहाँले सुनाउनुभयो ।

रेश्मालाई नेपाल मन पर्नुमा छिमेकी मुलुक भारतको निकटता पनि रहेछ । मावली देश भारतकै छेउमा आउदा नेपालप्रति उहाँमा आत्मीय भाव छ । “म मावली छेउमै छु जस्तो लागेको छ”, उहाँ थप्नुहुन्छ, “कोमल हृदय भएका यहाँ धेरै मान्छे रहेछन् ।”

मदागास्करकी फेलाना भने नेपालको प्राकृतिक सौन्दर्यबाट मोहित हुनुहुन्छ । केही सुन्दरता तस्वीरमा कैद गर्नुभएको छ । घानाबाट आउनुभएकी युजेनिया इडोइफ्याड्रोलाई नेपालको एड्भेञ्चरले खुबै तानेको छ रे ।

स्काउटले किशोरीलाई सशक्तिकरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको नेपाल स्काउटकी युवा कार्यक्रम अधिकृत सरु गोसाईले जानकारी दिनुभयो ।

यस ‘गर्ल्स मुभमेन्ट’ (एसस)की नेपालको संयोजक समेत रहनुभएकी सरुका अनुसार स्काउटमा दुई वटा विश्व सङ्गठन छन् । एउटा वर्ल्ड अर्गनाइजेसन अफ स्काउट द मुभमेन्ट ९वजम० र अर्को वर्ल्ड एसोसिएसन अफ गर्ल गाइडस् एण्ड गर्ल्स स्काउटस ९वाग्स० । यही वाग्स अन्तर्गत विभिन्न इनिसिएटीभ्सहरु छन् । जसमध्ये ‘यस गर्ल्स मुभमेन्ट’ पर्छ । यो युथ एक्सचेन्ज साउथ टु साउथ हो । यो विधामा ‘एक्सचेन्ज प्रोग्राम’ हुन्छ । एउटा छ महिना र अर्को १० महिनाको हुन्छ । जसमा १३ वटा देश आबद्ध छन् । यसअन्तर्गत नेपाल र बङ्गलादेश पनि छन् । विभिन्न देशका स्काउटहरु स्वंयसेवकमा आएर एक अर्काको देशमा अनुभव बुटल्ने गर्छन् ।

यसै अन्तर्गत यसपटक अफ्रिकाबाट पाँच जना किशोरी स्काउट स्वंयमसेविकाका रुपमा नेपाल आएका हुन् । उनीहरुले यहाँ बसुन्जेल यहाँको काम गर्ने तरिका, जीवनशैली, भाषा, गतिविधि र परिवेश अवलोकन गर्नेछन् । नेपालबाट पाँच जना किशोरी पाँच वटा फरक देशमा बसेर काम गरिरहेका छन् । नेपालमा सन् २०१८ मा यो कार्यक्रम सुरु भएको हो । सुरुमा तीन जना पठाउने गरिन्थ्यो भने अहिले सङ्ख्या बढाएर पाँच पुर्‍याइएको छ । सन् २०२० बाट पठाउने र बोलाउने गर्न थालिएको हो । यसभन्दा अघि बोलाउने मात्रै गरिन्थ्यो ।

सरुका अनुसार सहभागी अफ्रिकाका स्काउट स्वयंसेवकहरु विभिन्न सामुदायिक र निजी स्कुलमा गएर कार्यक्रमहरु सञ्चालन गर्ने, स्काउटमा बस्नुको महत्व बुझाउने, शिक्षासम्बन्धी चेतना जगाउनेलगायत चेतनामुलक कार्यक्रमहरु पनि गर्छन् ।

यसै अन्तर्गत ‘ग्रीन टेक जेनेरेसन’ अभियान छ । यसमा वातावरणसम्बन्धी जानकारीमुलक क्रियाकलाप हुन्छ । अर्को ‘रेड प्राइड’मा महिनावारीसँग सम्बन्धित शिक्षाहरु दिइन्छ र सिकाइन्छ । यस वर्ष नयाँ कार्यक्रम थपिएको छ । जुन विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसँग सम्बन्धित छ ।

तुलनात्मक रुपमा यस क्षेत्रमा पुरुषको भन्दा महिलाको उपस्थिति न्यून छ । सहभागिता बढाउन जोड दिने हेतुले यो कार्यक्रम थपिएको हो । साथै ‘एस गर्ल्स क्यान क्याम्पेन’अन्तर्गत मूल नारा ‘एस गर्ल्स क्यान से नो टु साइवर बुलिङ’ रहेको छ । पछिल्लो समय अनलाइनमार्फत हुने विभिन्न हिंसाबाट सुरक्षित हुने तरिका सिकाउँदै आइएको सरुले बताउनुभयो । रासस