६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेभरकुसेनले तोड्यो बायर्न म्युनिखको कीर्तिमान



अ+ अ-

काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर लेभरकुसेनले अपराजित यात्रालाई कायमै राखेको छ । गएराति भएको खेलमा लेभरकुसेनले माइन्जलाई २–१ गोलले पराजित गर्यो ।

लेभरकुसेनलाई जित दिलाउन खेलको तेस्रो मिनेटमा ग्रानिट जाकाले तथा ६८ औं मिनेटमा रोबर्ट एन्ड्रिचले गोल गरे । खेलको सातौं मिनेटमा डोमिनिक कोहरले गरेको गोल माइन्जका लागि सान्त्वना गोल भयो ।

यो जितसँगै लेभरकुसेनले बायर्न म्युनिखको कीर्तिमान समेत तोडेको छ । लेभरकुसेनले बायर्न म्युनिखको ३३ खेलको अपराजित यात्रा (सबै फम्र्याट)को कीर्तिमानलाई भङ्ग गरेको हो ।

लेभरकुसेन बुन्डेसलिगामा शीर्षस्थानमा कायम छ । उसको २३ खेलबाट ६१ अंक छ । बार्यन २२ खेलबाट ५० अंकका साथ दोस्रो स्थानमा छ । माइन्ज १५ अंकसहित १७ औं स्थानमा छ ।




भर्खरै