२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान



अ+ अ-

काठमाडौं। जापानको आइची/नागोयामा हुने २० औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि टेबलटेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् ।

राष्ट्रिय च्याम्पियन दुवैजना जुलाई १८ देखि अगस्ट १८ तारिखसम्म सिओलस्थित डोक्सान हाई स्कुलमा सञ्चालन हुने एक महिने विशेष प्रशिक्षणमा सहभागी हुने अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।

कोषाध्यक्ष महर्जनका अनुसार सन् १९८८ को सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ यङ्जाको निमन्त्रणामा खेलाडी प्रशिक्षणमा सहभागी हुन लागेका हुन् ।

प्रशिक्षण अवधिमा खेलाडीले दक्षिण कोरियाका उत्कृष्ट खेलाडीसँग नियमित अभ्यास गर्ने अवसर प्राप्त गर्नुका साथै दक्षिण कोरियाका राष्ट्रिय टेबलटेनिस टोलीका खेलाडी तथा प्रशिक्षकहरूसँग भेटघाट गर्ने, उनीहरूको प्रशिक्षण सत्रको अवलोकन गर्ने तथा अनुभव आदानप्रदान गर्ने अवसर समेत पाउने बताइएको छ ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र कोषाध्यक्ष महर्जनले सफल प्रशिक्षण तथा आगामी एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिदै बिदाइ गरे ।

एसियाडका लागि टेबलटेनिसबाट यि दुई खेलाडीसहित ६ खेलाडी छनोट भएका छन् । बाँकी खेलाडीलाई पनि प्रशिक्षणमा लान पहल भइरहेको कोषाध्यक्ष महर्जनले जानकारी दिए ।