२ भाद्र २०८३, मंगलवार
,
Latest
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँः सांसद खातुन वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न माग विजय थापाको ‘आँसु बिक्ने सहर’ सार्वजनिक मकवानपुर स्कारपियो दुर्घटना : उपचारका क्रममा एक महिलाको मृत्यु सरकार जनसरोकारका मुद्दामा गैरजिम्मेवार बनेको अध्यक्ष राईको आरोप विपद् व्यवस्थापनदेखि परराष्ट्र नीतिसम्म सरकारको कार्यशैलीमाथि वर्षमान पुनको प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर



अ+ अ-

काठमाडौँ ४ साउन: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो ।

अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गर्यो ।

ब्यक्तिगत तर्फ कसले के पाए ?

फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सन् २०२६ को फिफा विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रो पटक गोल्डेन बुट जितेका छन् ।

एम्बाप्पे प्रतियोगिताका आठ खेलमा १० गोल गर्दै लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने पहिलो समेत खेलाडी बने।

स्पेनका कप्तान तथा मिडफिल्डर रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भए।

स्पेनका गोलकिपर उनाइ सिमोन प्रतियोगिताका उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ जित्न सफल भए।

स्पेनका १९ वर्षीय बार्सिलोना सेन्टर–ब्याक पाउ कुबार्सी प्रतियोगिताका उत्कृष्ट युवा खेलाडी घोषित भए।

फोटो रासस/ एपी / एफपी