४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव

मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव
अ+ अ-

काठमाडौँ । मनसुनजन्य विपद्को पूर्वतयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

बुधबार राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्ताव दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक पदमबहादुर परियारले मनसुन सुरु भइसक्दा पनि सरकारले प्रभावकारी पूर्वतयारी गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले गत वर्ष मनसुनजन्य विपद्का कारण १४० भन्दा बढी नागरिकको मृत्यु हुनुका साथै १४ हजारभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै हरेक वर्ष विपद्का कारण ठूलो जनधनको क्षति हुने गरेको बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमेत अहिले नेतृत्वविहीन रहेको उल्लेख गर्दै परियारले यस्तो अवस्थामा विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने आशंका व्यक्त गर्नुभयो । नागरिकको जिउधनको सुरक्षाप्रति सरकारलाई थप जिम्मेवार र संवेदनशील बनाउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको उहाँले बताउनुभयो ।

विपद्को असर सबै समुदायमा समान रूपमा नपर्ने भन्दै उहाँले गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, जनजातिलगायत जोखिममा रहेका समूहका आवश्यकतालाई ध्यानमा राखेर पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वसूचना प्रणाली, उद्धार सामग्री, उद्धारकर्मीको तयारी, बजेट व्यवस्थापन तथा स्थानीय तहसम्मको समन्वय संयन्त्रको प्रभावकारिताबारे सरकारले संसद्लाई स्पष्ट जानकारी दिनुपर्ने उहाँको माग छ ।

नेपाली कम्युनिष्ट पार्टीकी प्रमुख सचेतक मदनकुमारी शाहले जलवायु परिवर्तनका कारण यस वर्ष मनसुनजन्य विपद्बाट हुने क्षतिको जोखिम थप बढेको बताउनुभयो । सरकारले राष्ट्रिय कार्ययोजना बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।

सरकारलाई थप जिम्मेवार र जनउत्तरदायी बनाउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको शाहले बताउनुभयो । विपद् व्यवस्थापनको नेतृत्व गर्ने प्राधिकरण नेतृत्वविहीन रहेको अवस्थामा लगातार वर्षा, पहिरो र नदीको जलस्तर बढिरहेकाले पूर्वतयारी कमजोर हुन सक्ने उहाँको भनाइ छ ।

नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले बाढीपहिरोको जोखिम बढिरहेका बेला सरकारले पर्याप्त पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो । विपद्को जोखिम देशका जुनसुकै भूभागमा हुन सक्ने भएकाले सबै क्षेत्रमा समान रूपमा पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गरिएको उहाँले बताउनुभयो ।

गत वर्ष विपद्का बेला सरकारको ध्यान आवश्यकताभन्दा प्रचारमुखी गतिविधितर्फ बढी केन्द्रित भएको आरोप लगाउँदै पोर्तेलले यसपटक त्यस्तो अवस्था दोहोरिन नहुने बताउनुभयो । दुर्गम क्षेत्रमा हुने विपद्लाई समेत समान प्राथमिकता दिँदै उद्धार तथा राहतको प्रभावकारी व्यवस्था गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

काठमाडौँबाट हटाइएका भूमिहीन सुकुम्बासीहरू हाल होल्डिङ सेन्टरमा बसिरहेको उल्लेख गर्दै पोर्तेलले मनसुनका बेला उनीहरूको सुरक्षाका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने मागसमेत गर्नुभयो ।

नेपाली कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको सार्वजनिक महत्वको प्रस्तावमा कांग्रेसका प्रमुख सचेतक परियार, नेपाली कम्युनिष्ट पार्टीकी प्रमुख सचेतक शाह, एमाले सांसद पोर्तेल र जनता समाजवादी पार्टीकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ ।

प्रस्तावमा मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान, चट्याङ तथा हिमताल विस्फोटलगायतका विपद्को जोखिम बढिरहेको उल्लेख गरिएको छ । विगतका वर्षमा विपद्का कारण ठूलो जनधनको क्षति हुँदै आएको तथ्य प्रस्तुत गर्दै विपक्षी दलहरूले सरकारले विपद् आएपछि मात्र उद्धार र राहतमा केन्द्रित हुने प्रवृत्ति अन्त्य गरी समयमै प्रभावकारी पूर्वतयारी गर्नुपर्ने माग गरेका छन्।