१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता
अ अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधिसभा सदस्य रमेश प्रसाईबीच आज मन्त्रालयमा अपाङ्गता भएका व्यक्तिको अधिकार, समावेशी विकास तथा आर्थिक सशक्तीकरणका विषयमा भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्ताका क्रममा सांसद प्रसाईले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन, अधिकार संरक्षण, सम्मानपूर्ण जीवनयापन, समावेशी विकास तथा सामाजिक–आर्थिक सशक्तीकरणका लागि आवश्यक नीतिगत तथा व्यावहारिक सुधारका विषयमा आफ्ना सुझाव प्रस्तुत गर्नुभयो।

सांसद प्रसाईले अपाङ्गता भएका व्यक्तिहरूद्वारा उत्पादन गरिएका फिनाइल, धूप, सरसफाइ सामग्री, हस्तकलालगायतका गुणस्तरीय वस्तुको खरिद तथा प्रयोगलाई मन्त्रालय र मातहतका निकायले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। उहाँले यस्ता उत्पादनको बजार सुनिश्चित गर्न सके अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भरतामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो।

उक्त सुझावप्रति सहमति जनाउँदै मन्त्री सिता बादीले अपाङ्गता भएका व्यक्तिको अधिकारको संरक्षण, प्रवर्द्धन र आर्थिक सशक्तीकरण नेपाल सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूद्वारा उत्पादन गरिएका गुणस्तरीय सामग्रीको प्रयोगलाई सरकारी निकायबाटै प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गर्दै प्राप्त सुझावलाई आवश्यक अध्ययन गरी नीतिगत तथा कार्यक्रमगत रूपमा अघि बढाइने बताउनुभयो।

मन्त्री बादीले भन्नुभयो, “सहायता मात्र होइन, उत्पादनको बजार सुनिश्चित गर्नु नै दिगो सशक्तीकरण हो। सरकारी निकायले उदाहरण प्रस्तुत गर्दै अपाङ्गता भएका व्यक्तिहरूद्वारा उत्पादन गरिएका गुणस्तरीय सामग्रीको प्रयोग बढाउनुपर्छ।”