२ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड बन्यो तेस्रो



अ+ अ-

काठमाडौं। फिफा विश्वकप-२०२६ अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड विजयी भएको छ।

मियामी स्टेडियममा भएको रोमाञ्चक खेलमा इंग्ल्यान्डले पहिलो हाफमै फ्रान्समाथि पूर्ण दबाब बनाएको थियो। डेक्लान राइसले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। एज्री कोन्साले दोस्रो गोल थपेपछि साकाले लगातार दुई गोल गर्दै पहिलो हाफमै इंग्ल्यान्डलाई ४–० को बलियो अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा भने खेलले नाटकीय मोड लियो। माइकल ओलिसेको पासमा किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे। त्यसपछि एमबाप्पेको पासमा ब्राड्ली बार्कोलाले गोल गर्दै अन्तर घटाए।

एमबाप्पेले अर्को गोल थपेपछि फ्रान्स ४–३ को अवस्थामा पुगेको थियो।इंग्ल्यान्डमाथि फ्रान्सले लगातार दबाब बढाइरहेका बेला साकाले पेनाल्टीमार्फत आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीलाई केही राहत दिलाए। तर ओस्मान डेम्बेलेले गोल गरेपछि फ्रान्स फेरि खेलमा फर्किएको थियो।अन्ततः इंग्ल्यान्डका प्रतियोगिताका उत्कृष्ट खेलाडी जुड बेलिङ्घमले उत्कृष्ट ड्रिब्लिङ गर्दै निर्णायक गोल गरेपछि इंग्ल्यान्डले ६–४ को जित सुनिश्चित गर्‍यो।

यो जितसँगै इंग्ल्यान्डले सन् १९६६ मा घरेलु मैदानमा विश्वकप जितेयताकै विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छ। यता फ्रान्सका प्रशिक्षक डिडियर डेसाम्प्सको सफल कार्यकाल पनि यही खेलसँगै अन्त्य भएको छ।

 




भर्खरै