१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया

शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
अ अ+ अ-

काठमाडाैँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको तीन प्रतिशत समता कर फिर्ताको घोषणा स्वागतयोग्य भएको सम्बन्धित क्षेत्रका सरोकारवालाले बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी गराउनुभएको थियो ।

सरकारको तीन प्रतिशत समता कर फिर्ता गर्ने घोषणापछि शिक्षा तथा स्वास्थ्य क्षेत्रका सरोकारवाला क्षेत्रका पदाधिकारीले सरकारको घोषणाको खुलेर प्रशंसा गरेका छन् । राष्ट्रिय अभिभावक महासङ्घका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले सरकारले शिक्षाको समतामूलक करमा ‘करेक्सन’ गरेर उचित निर्णय गरेको बताउनुभयो । “हाम्रा आवाजलाई सुनेर सच्याएर जानु जनतामैत्री छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर नलिने घोषणा उचित छ ।”

शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले सरकारले शिक्षामा करभन्दा पनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गुणस्तर सुधार्नेतर्फ अघि बढ्नुपर्ने बताउनुभयो । “सरकारले कुनै पनि नीति तथा नियम बनाउँदा पर्याप्त पूर्वतयारी गरेर ल्याउँदा उचित हुन्थ्यो”, उहाँले भन्नुभयो, “सरकारले सामुदायिक विद्यालयलाई निजीसँग सहकार्य गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधार्नेतर्फ अग्रसर हुन जरुरी छ ।”

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का महासचिव आरबी कटवालले निजी शिक्षालयका छाता संस्थाको आग्रह र अभिभावकको आवाजलाई सुनेर समता शिक्षा शुल्क फिर्ता घोषणा भएकामा खुसी तुल्याएको बताउनुभयो । उहाँले मङ्गलबार नै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र आफूबीचको छलफलमा आगामी ऐन, नियम र पाठयक्रम पुनरावलोकनका क्रममा पूर्वपरामर्श गर्न र सर्वाेच्च अदालतका फैसलाबमोजिम काम गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन)का अध्यक्ष सुवास न्यौपानेले सरकारको शिक्षा क्षेत्रको कर फिर्ता लिने निर्णय सकारात्मक रहेको बताउनुभयो । “सरकारले तीन प्रतिशत कर फिर्ता लिने निर्णय निकै सराहनीय रहेको छ”, उहाँले भन्नुभयो, “यो निर्णयलाई हामीले सकारात्मक ढङ्गले लिएका छौँ ।” शिक्षा क्षेत्रका सरोकारवाला निकायमात्रै नभएर स्वास्थ्य क्षेत्रका सरोकार निकायले पनि स्वास्थ्य क्षेत्रमा हटाएको तीन प्रतिशत करको स्वागत गरेका छन् ।

मेडिकल व्यवसायी डा सुनिल शर्माले पनि सरकारले स्वास्थ्य क्षेत्रमा लगाएको तीन प्रतिशत कर हटाएको आधिकारिक हो भने निकै स्वागतयोग्य निर्णय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले तीन प्रतिशत स्वास्थ्य कर हटाएको भन्ने सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेका छौँ । यदि सरकारले आधिकारिक रूपमा नै कर हटाएको हो भने पक्कै पनि स्वागतयोग्य निर्णय हो ।”

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाँले सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको तीन प्रतिशत कर फिर्ता गर्ने निर्णय स्वागतयोग्य भन्दै विद्युत्मा लगाएको पाँच प्रतिशत कर पनि फिर्ता गर्नुपर्ने बताउनुभयो । “सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको तीन प्रतिशत कर फिर्ता गर्ने निर्णय गरेर जनमैत्री निर्णय गरेको छ । सरकारले जनताको आवाज सुन्नु पक्कै पनि राम्रो विषय हो”, उहाँले भन्नुभयो, “सरकारले ५० युनिटभन्दा धेरै विद्युत् खपत गर्नेलाई लगाएको पाँच प्रतिशत कर पनि तत्कालै हटाउनुपर्ने देखिन्छ ।” रासस