२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने सरकारको निर्णय बनेपाबाट रोशी जाँदै गरेको बस दुर्घटना रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय अर्थमन्त्रीलाई हर्कराज राईको सुझावः वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस् मन्त्रिपरिषद् बैठक जारी पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री वाग्ले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल पूर्व बालसैन्यलाई सम्मानजनक परिपूरण उपलब्ध गराउन सर्वोच्चको परमादेश पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय मुलका रेड्डीले नेपालविरुद्ध शतक हाने



अ+ अ-

काठमाडौँ । भारतीय मुलका स्नेहिथ रेड्डीले नेपालविरुद्ध शतक बनाएका छन् । आइसिसी यु–१९ एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत न्युजिल्याण्डका रेड्डीले नेपालविरुद्ध शतक बनाएका हुन् ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलोपार्क क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको न्युजिल्याण्डका लागि उनले १०६ बलमा शतक जोडे ।

उनले ८ चौका र २ छक्का प्रहार गरे । रेड्डी भारतको आन्द्र प्रदेशको विजयवाडामा जन्मिएका हुन् । रेड्डी मात्र होइन, न्युजिल्यान्डको टिममा ओलिभर तेवतिया पनि भारतीय मूलका हुन् । साथै, टोलीमा अफगानी मूलका रेहमान हेक्मत पनि छन् ।

ताजा अवस्थामा न्युजिल्याण्डले ४५.३ ओभरमा ६ विकेट गुमाएर २४९ रन जोडेको छ । यु–१९ विश्वकपमा यसअघि नेपालले दुई पटक न्युजिल्यान्डको सामना गरेको छ । दुवै खेलमा नेपालले जित हासिल गरेको थियो ।

सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई एक विकेटले पराजित गरेको थियो भने सन् २०१६ मा भएको खेलमा नेपालले ३२ रनले हराएको थियो ।

नेपाली टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपीन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा र आकाश चन्द रहेका छन् ।