२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह नियुक्त

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह नियुक्त
अ अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतका अब्दुला अल्मुटाइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । 
एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गरेर अल्मुटाइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने घोषणा गरेको हो ।

काठमाडौंमा सम्पन्न थ्री नेशस्नस कपमा नेपाललाई उपाधि दिलाएका प्रशक्षिक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै अल्मुटाइरी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । नेपाले थ्री नेशसन्स कपमा उचालेको उपाधिले नेपाली समर्थक धेरै खुसी दिएजस्तै आगामी दिनमा नेपाली समर्थलाई खुसी दिलाउनका लागि मिहिनेत गर्ने नवनियुक्त प्रशिक्षक अल्मुटाइरीले बताउनुभयो ।

आइतबार नियुक्ती पाउनुभएका ४० वर्षिय अल्मुटाइरीले नेपाली टोलीलाई कम्तीमा एक वर्षका लागि नेपाली टिम हेर्नेछन् । यस समय अवधिमा कम्तीमा विश्वकप छनोट र साफ च्याम्पियनसिपमा नेपाली टिमको नेतृत्व लिनेछन । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अल्मुटाइरीको नेपाली फुटबलमा प्रवेश भएको हो । नेपाल आउनुभएका अल्मुटाइरीले नेपाली फुटबललाई दक्षिण एसियामा बलियो बनाउन आफूले सक्दो मिहिनेत गर्ने बताउनुभयो ।

कतार फुटबल संघसँगको सहकार्यमा अल्मुटाइरी नेपाल आउनुभएको हो । उहाँको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्नेछ भने नेपाल बसाइको खर्च एन्फाले गर्नेछ । र्थी नेशन्स कपको उपाधि दिलाउनुभएका प्रशिक्षक बालगोपाल महर्जनलाई एन्फाले प्रो–लाइसेन्सका लागि कतार पठाउने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।